समाचार

एसीसी यू–१९ एशिया कपका लागि पहिलो चरणमा ५२ खेलाडी छनोट, सन्दिप लामिछाने अर्को साता क्याम्पमा सहभागि हुने ।

7

आसन्न एसीसी अन्डर नाइन्टिन एशिया कपका लागि पहिलो चरणमा ५२ खेलाडी छनोट गरिएको छ । आइसीसी र एसीसीको पहलमा पहिलो पटक छ वटा क्षेत्रमा भएको खेलाडी ट्यालेन्ट हन्टमा सबै भन्दा धेरै खेलाडी धनगढीबाट परेका छन ।

6

करीव एक साताको ट्यालेञ्ज हन्ट कार्यक्रमका लागि राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, अन्डर नाइन्टिन टिमका प्रशिक्षक विनोद दाश र रमन सिवाकोटीको संलग्नतामा भएको छनोट कार्यक्रममा देशभरका करीव सात सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । काठमाडौ, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा भएको छनोटबाट सबै भन्दा धरै धनगढीबाट दश खेलाडीले पहिलो चरणमा स्थान बनाएका छन । यस्तै कलैयाबाट नौ खेलाडीले पहिलो चरणमा स्थान बनाए भने काठमाडौ र भैरहवाबाट समान आठ आठ जनाले अन्डर नाइन्टिन टिमको क्याम्पमा प्रवेश पाएका छन ।

3

यसअघि नै अन्डर नाइन्टिन टिमको क्याम्पमा रहेका आठ खेलाडीले पुन एशियाकपको क्याम्पका लागि ठाउ पाएका छन । जसमा अविनाश कर्ण, ललितनारायण राजबंशी, सन्दिप सुनुवार, दिपेन्द्रसिंह ऐरी, नन्दनकुमार यादव, कमलसिंह ऐरी, सागर भण्डारी, सन्दिप लामिछाने रहेका छन । सन्दिप हाल अष्ट्रेलियामा रहेपनि यो सातामा अन्तिम क्याम्पमा आउनेछन । यो क्याम्पका लागि सबै भन्दा थोरै खेलाडी विराटनगरबाट परे । सो क्षेत्रबाट मात्र तीन खेलाडीले पहिलो चरणमा स्थान बनाउन सके । यस्तै नेपालगञ्जबाट पाच खेलाडीलाई क्याम्पमा बोलाइएको छ ।

7

छनोट कमिटीले खेलाडीलाई छानीसकेपछि आइसीसीका प्रतिनिधी बैङकटेपटी राजुलाई पेश गरेको थियो । उनको स्विकृतीमा अन्डर नाइन्टिन एशिया कपका लागि क्याम्पमा खेलाडी बोलाइएको हो । प्रतियोगिताका लागि विहिबार देखि प्रशिक्षण सुरु हुनेछ । पाच दिनसम्म खेलाडीलाई चार वटा टिम बनाएर छ खेल खेलाइने छ । छनोट खेलको प्रदर्शनका आधारमा १९ जनाको अन्तिम नामावली तयारी पारीनेछ ।

1

यसअघि ट्यालेञ्ट हन्ट र पुराना खेलाडी गरेर ४४ जना छनोट गरिने बताइएपनि राम्रो खेलाडी देखिएकोले खेलाडी सख्या बढाएको प्रशिक्षकको भनाई छ । डिसेम्बर आठ तारिख देखि २२ तारिखसम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, मलेसिया, सिंगापुर रहेका छन ।

5

क्याम्पमा बोलाएका खेलाडीको सुचि

00

01

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top