समाचार

अन्डर नाइन्टिन एशिया कपका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सुरु

1

अन्डर नाइन्टिन एशिया कप आउन एक महिना भन्दा कम समय बाकि रहेका बेला नेपालमा भने टिम तयारीका लागि खेलाडी छनोट कार्यक्रम बल्ल सुरु भएको छ । डिसेम्बर आठ तारिख देखि श्रीलंकामा आयोजना हुने अन्डर नाइन्टिन एशिया कपका लागि नेपालबाट नै नया खेलाडी छनोट गर्ने अवधारणाका साथ आयोजना भएको ट्यालेन्ट हन्ट कार्यक्रम अन्र्तगत काठमाडौमा दुई दिने कार्यक्रम सम्पन्न भयो ।

युवा खेलाडीलाई कसले र कसरी छनोट गर्ने भन्ने अन्योलता विच समय वित्दै जादा करीव तीन साताको समय बाकि हुदा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्ष्ँक जगत टमटाको संयोजनमा काठमाडौमा दुई दिन खेलाडी छनोटको कार्यक्रम आयोजना गरियो । जसमा काठमाडौमा रहेका एकेडेमी र बाहिरका गरेर दुई सय ७० जना खेलाडीले आफनो क्षमता देखाउने प्रयास गरे । विनोद दाश र रमन सिवाकोटी समेत सम्मिलित यो कार्यक्रम एक किसिमले खेलाडी निकाल्ने राम्रो अवधारणा भएपनि निकै ढिलो गरेर सुरु गरियो । अब खेलाडीले दुई सातामात्र बन्द प्रशिक्ष्ँण पाएर एशिया कप जस्तो ठुलो प्रतियोगिता खेल्नुपर्ने देखिएको छ ।

यो विषयमा छनोटकर्ता विनोद दाश भन्छन, सम्बन्धित निकायबाट काम अगाडी बढाउ भनेर स्विकृती नपाउदा ढिलो भएको र बारम्बार आफुले यो विषयमा गृहकार्य गरेर कुरा गरेपनि ढिलो गरी स्विकृती पाएको बताए । देशका विभिन्न छ स्थानमा हुने यो कार्यक्रमबाट नया खेलाडी उत्पादन हुने आशा गरिएपनि कुन आधारमा छनोट गरिने हो त्यो भने हेर्न बाकि छ । पुर्व देखि पश्चिमसम्म गरिने यो खेलाडी छनोट प्रक्रियाबाट करीव ३४ जना नया खेलाडी छानिनेछन । किनकी १० जना खेलाडी पहिले नै अन्डर नाइन्टिन क्याम्पमा परिसकेका खेलाडी रहेका छन ।

नेपालमा क्रिकेटको डोमेस्टिक बाताबरण राम्रो भएको खण्डमा हतार हतारमा यसरी खेलाडी छान्नुपर्ने अवस्था आउने थिएन । एक त क्यान निलम्बन त्यसमा पनि प्रतियोगिताका लागि प्रशिक्षक को हुने र कसले प्रशिक्षणको अगुवाई गर्ने भनेर निश्चित नहुदा क्रिकेट खेलाडीका साथै प्रशिक्ष्ँक पनि अलमल्लमा परेका थिए । भारत, पाकिस्तान, श्रीलंका, बंगालदेश,अफगानिस्तान, सिंगापुर मलेसियाका जस्ता देशको सहभागिता रहेको प्रतियोगिताको तयारी सुरु भएर खेलाडीलाई म्याच एक्पोजर दिइसक्नुपर्ने बेला खेलाडी छनोट नै नभइसक्दा कुन आधारमा प्रदर्शन राम्रो होला भन्ने अपेक्षा गर्ने । त्यसमा पनि प्रशिक्षणको ठोस योजनाका लागि फेरी अर्को झमेला त हुने होइन भन्ने पनि प्रश्न यथावत रहेको छ ।

छनोटका केहि फोटोहरु

2

3

4

5

6

7

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top