अन्डर नाइन्टिन एशिया कपका लागि धनगडीमा ट्यालेञ्ट हन्ट सम्पन्न

विगतमा राष्ट्रिय टिमका खेलाडी छनौट गर्नका लागी प्रत्येक क्षेत्रवाट सिमीत खेलाडी लाइ काठमाण्डौ बोलाएर टिम तयार गर्ने परम्परा थियो । तर पहिलो पटक उक्त परम्परा तोडदै श्रीलंकामा हुने अन्डर नाइन्टिन एसियाकपका लागी प्रत्येक क्षेत्रमै पुुगेर खेलाडी छनौट सुरु गरेपछि खेलाडी र खेलप्रेमिमा हौसला वढेको छ भने प्रतिभावान खेलाडिले राष्ट्रिय टिममा अवसर पाउने संभावना देखियको छ ।

श्रीलंकामा आगामी महिना हुने अन्डर नाइन्टिन एसियाकपका लागी क्षेत्र नम्वर ९ र ६ का खेलाडीलाइ लक्षित गरी धनगढीमा आयोजना गरिएको ट्यालेन्ट हन्ट प्रतियोगीतामा सुदूरपश्चिमका विभिन्न जिल्लावाट झण्डै १ सय ५० जना भन्दा वढि खेलाडीले राष्ट्रिय टिमका प्रशिक्षक र खेलाडी समक्ष आफ्नो प्रतिभा देखाउने अवसर पाए । पहिलो पटक आफ्नै क्षेत्रमा गरीएको यस्तो प्रतियोगीताले आफ्नो प्रतिभा देखाउने अवसर पाउदा खेलाडी र खेलप्रेमी हरु निकै उत्साहित छन ।

त्यसोत निकै कम समय र दवावका विच खेलाडी छनौट गर्नु ठुलो चुनौती छ । चुनौति भएपनि विगतमा सिमीत खेलाडीका विच प्रतिभा छनौट गर्नुभन्दा प्रत्येक क्षेत्रमै आयोजना गरीएको यो कार्यक्रमले नया प्रतिभावान खेलाडी छनौट हुने प्रशिक्षक वताउछन ।

प्रत्येक क्षेत्रमा गएर खेलाडी छनोट गर्नु राम्रो पक्ष भएपनि यो कार्यक्रम एक महिना अगाडी सम्पन्न गरेर अहिले खेलाडीको प्रतिभा निखार्न लाग्नु पर्ने बेला हो । तर कसले खेलाडीको प्रशिक्षणका लागि अग्रसरता गर्ने भन्ने अन्योलका कारण अन्तिम समयमा खेलाडी छनोटका लागि दौडधुप गर्नुपर्ने अवस्था आएको हो ।

Comments:

comments

Latest News