Nepal Cricket

एसीसी महिला एशिया कप क्रिकेटमा नेपालको तेस्रो हार, बंगलादेशसंग ९२ रनले पराजित ।

img_3804

एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल बंगलादेशसंग ९२ रनले पराजित भयो ।

img_3739

थाइल्याण्डको एशियन इन्सिच्युड अफ टेक्नोलोजी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारीत २० ओभरमा चार विकेट गुमाउदै एक सय ३३ रन बनायो । नेपालको बलिङलाई सुरुवात देखि नै कमजोर पार्ने क्रममा ओपनरद्धय सञ्जिदा इस्लाम र निघार सुल्तानाले पहिलो विकेटका लागि ७१ रनको साझेधारी गर्न सफल भए । नेपाली छ जना बलरलाई विफल बनाउने क्रममा सञ्जिदाले ३५ रन बनाइन ।

img_3746

img_3762

उनलाई संगिता राईले पेभेलियनको बाटो देखाइन । त्यसपछि बंगलादेशको स्कोर ७९ रन हुदा नेपालले दोस्रो विकेट लिन सफल भयो । आयशा रहमानालाई सिता रानामगरले ब्यक्तिगत चार रनमा आउट गरिन । बंगलादेशले एक सय तीन रन हुदा निघार सुल्तानालाई ब्यक्तिगत ३९ रनमा गुमाएपछि तेस्रो विकेट खेर फाल्यो । यसपटक नेपालका लागि रुविना क्षेत्रीले विकेट लिइन । बंगलादेशले थप पाच रन जोडदा नेपालले चौथो विकेट लिन सफल भयो । यसपटक पनि संगिता राईले नेपाललाई सफलता दिलाइन ।

img_3766

img_3790

जवाफमा एक सय ३४ रनको लक्ष्य पक्ष्याएको नेपाल १७ ओभर तीन बलमा मात्र ४१ रनमा समेटियो । नेपालको ब्याटिङ आजपनि धरासायी बन्यो । नेपालका लागि सिता मगरले मात्र दोहोरो अंक छुन सकिन । त्यसपछि इन्दु बर्माले नौ रन बनाउदा कप्तान रुविना क्षेत्रीले सात रन जोडीन । बाकि खेलाडी भने एकोहोरो रुपमा पेभेलियन फर्किए । सात रनमा पहिलो विकेट गुमाएको नेपालले १९ रन बनाउदा चार विकेट खेर फालेको थियो । त्यसपछि ३६ रन पुर्याउदा सात विकेट गुमाएको नेपालले थप पाच रन जोडदा बाकि तीन विकेट झार्यो र अलआउट भयो । बंगलादेशका लागि फाहिमा खातुनले चार विकेट लिइन ।

bng-scroe
score

Most Popular

To Top