Nepal Women Cricket

एसीसी महिला एशिया कपमा नेपालका प्रतिद्धन्द्धी विरुद्धको फोटो स्टोरी

एसीसी महिला एशिया कप क्रिकेटको पहिलो खेलमा नेपाल उत्रियो पाकिस्तानसंग

nepal-vs-pak

थाइल्याण्डको एशियन इन्सिच्युट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभर एक बलमा मात्र४७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ११ रन बनाउनु बाहेक बाकि १० खेलाडीले दोहोरो अंक जोडन सकेनन । झिनो लक्ष्यलाई पाकिस्तानले १० ओभरमा एक विकेट गुमाउदै पुरा गर्यो ।

नेपाल भर्सेस श्रीलंका

nepal-vs-srilanka

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल उत्रियो श्रीलंका विरुद्ध । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १६ ओभर दुई बलमा मात्र २३ रनमा अलआउट भयो । जुन नेपाली महिला क्रिकेटको इतिहासमा सबै भन्दा थोरै रन थियो । नेपालका लागि ज्योती पाण्डेले १६ रन बनाउदा सात खेलाडीले खाता खोल्न सकेनन । जवाफमा श्रीलंकाले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा लक्ष्य पुरा गरयो ।

नेपाल भर्सेस बंगालदेश

nepal-vs-bng

लगातार दुई खेलमा हार ब्यहोरेपछि तेस्रो खेलमा नेपाल उत्रियो बंगलादेशसंग । जसमा टस जितेको बंगलादेशले २० ओभरमा चार विकेट गुमाउदै एक सय ३३ रन बनायो । जवाफमा नेपाल १७ ओभर तीन बलमा मात्र ४१ रनमा अलआउट भयो । यो खेलमा पनि नेपालका लागि सिता मगरले १५ रन बनाउनु बाहेक बाकि एकोहोरो रुपमा आउट भए ।

नेपाल भर्सेस थाइल्याण्ड

nepal-vs-thailand

चिरप्रतिद्धन्द्धी थाइल्याण्ड विरुद्ध नेपालले जीत निकाल्नेमा धरै आशावादी थिए । तर नतिजा ठिक उल्टो भयो । पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर पाच बलमा अलआउट हुदै ६३ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले १६ रन बनाउनु बाहेक यो खेलमा अरु खेलाडी टिक्न सकेनन । जवाफमा थाइल्याण्डले १६ ओभरमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

नेपाल भर्सेस भारत

nepal-vs-inda

प्रतियोगितामा आफनो अन्तिम खेलमा नेपालले खेल्यो भारतसंग । भारत विरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले एक सय २१ रनको लक्ष्य पायो । जवाफमा नेपाल १६ ओभर तीन बलमा मात्र २१ रनमा समेटियो । भारत विरुद्ध फितलो ब्याटिङ गरेको नेपालको महिला क्रिकेटको इतिहासमा सबै भन्दा न्युन स्कोर थियो ।

Most Popular

To Top