समाचार

मोरङको बैजनाथपुर क्रिकेट मैदानको बेहाल अवस्था

सातौ राष्टिय खेलकुद प्रतियोगितामा पुर्वाधार देखिएको कमजारी बारेमा निकै आलोचना भइरहेको छ । यस्तै आलोचनाको विषय बनेको छ मोरङको बैजनाथपुरमा निर्माणाधिन क्रिकेट मैदान जहा पुरुष क्रिकेट प्रतियोगिता भइरहेको छ । मैदान निमार्णका लागि मात्र डेढ महिनाको समय पाएकाले पुर्ण रुपमा बनि सकेको छैन ।

नेपाल सरकारको योजनामा समेत रहेको बैजनाथपुर क्रिकेट मैदानको अवस्था हेर्दा लाग्छ धुलाम्मै मैदानमा क्रिकेट खेलिरहेका छन । मैदानको ३० यार्ड भन्दा बाहिर घास छैन भने खेलाडी चिप्लेर लड्लान भन्ने निकै डर रहेको छ । तीन महिना अघि सम्म आधी मान्छे डुवाउने पानी रहेको मैदानलाइ बिराटनगरका पुर्व खेलाडी, प्रशिक्षक र क्युरेटरले आफ्नो ठाउमा क्रिकेट हुन पर्छ भनेर दिन रात काम गरेर यो अवस्था सम्म ल्याएका हुन् । अहिले सम्म ५५ लाख खर्च भएको मैदानमा ४० प्रतिशत मात्र काम सकिएको छ ।
के भन्छन मैदानका क्युरेटर

अहिले नेपाली क्रिकेटको अवस्था पनि यहि मैदान जस्तै छ । आइसीसीको निलम्बन परेको क्रिकेट संघले कुनै प्रतियोगिता नगराइ रहेको समयमा खेलाडीको यो मैदान प्रति कुनै गुनासो छैन् ।

कप्तान पारस खड्काको भनाई

 
जारी सातौमा केही खेलका खेल स्थल अझै निमार्णधिन अवस्थामा नै छ । स्वयम युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली पनि पुर्वाधार निमार्णको काम सम्पन्न भइ नसकेको स्विकार गर्छन ।

खेलकुद मन्त्री श्रीपालीको भनाई


ढिलो गरी बजेट निकासा र थोरै समयका बाबजुत पनि काम चलाउनै चहि खेल्न योग्य मैद्यान बनाएर राष्टिय प्रतियोगिता संचालन गर्न पाएकोमा स्थानिय खेलाडी, प्रशिक्षक  खुशी देखिएका छन ।

Most Popular

To Top