समाचार

दृष्टीविहिन क्रिकेट टिम विश्वकपका लागि तयारीमा, खेलकुद मन्त्रालय भन्छ बजेट छैन, विश्वकप नखेल्दा हुन्छ ।

नेपाली खेलकुदमा शारीरीक रुपमा असक्त बनेको खेलाडीले अन्तराष्ट्रिय स्तरमा राम्रो पहिचान बनाएको धरै उदाहरण छन । यस्तै उदाहरणको सुचिमा पर्छ दृष्टीविहिन क्रिकेट, नेपालमा कमै मात्र चासोको रुपमा रहेको दृष्टी विहिन क्रिकेटले विश्वकप र एशियन कप खेलिसकेको छ भन्दा धरै अचम्ममा पर्न सक्छन । तर सरकारको योजनामा नपरेको यो विधाको क्रिकेट फेरी एकपटक भारतमा हुने विश्वकपका लागि खेलाडी छनोटमा लागेको छ ।

भारतको नया दिल्लीमा माघ १६ गतेदेखि हुने प्रतियोगिताका लागि यतिबेला देशभरबाट उत्कृष्ट दृष्टीविहिन खेलाडीलाई राजधानीमा बोलाएर छनोट प्रक्रिया भइरहेको छ । यस कार्यक्रममा सहभागि खेलाडीको दृष्टीविहिनको कथा आप्mनै किसिमको छ । कोहि बाल्यकाल देखि त कोहि मेडिकल रुपमा असफलता पाएर भएका छन । तर जे होस दृष्टी विहिन क्रिकेट संघले देशभरका ३४ जना खेलाडीलाई बोलाएर बलियो टिम बनाउने योजना राखेको छ ।

संघका अध्यक्ष पवन घिमिरेले क्रिकनेपालसंगको कुराकानीमा यसपटक राम्रो टिम बनाउने भनेर विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीलाई छनोटमा बोलाएको र जसबाट १४ खेलाडी छनोट गर्नेछौ । साथै यो पटकको विश्वकपमा कम्तिमा पाचौ स्थानसम्म ल्याउने लक्ष्य रहेको बताए । यसअघि २०१२ मा भारतमा भएको दृष्टी विहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले सहभागिता जनाइसकेको छ । सो प्रतियोगितामा नै बंगलादेशलाई हराएको नेपालले यसै बर्ष एशियन कप पनि खेलेको थियो । केहि अनुभवी र केहि युवा खेलाडीलाई समेटेर यसपटक अझ राम्रो टिम बनाउने योजनामा संघ रहेको छ ।

तर त्यसका लागि उनिहरुलाई पुर्वाधारका साथै बजेटको निकै अभाव देखिएको छ । सरकारलाई बजेटका लागि गुहार गर्दा वास्ता नगरेको र खेलाडी छनोट गर्नपनि पुल्चोकको अब्यवस्थित इन्जिनियरीङ मैदानमा गर्नुपरेको गुनासो संघको छ । किर्तीपुर मैदानका लागि कुरा गर्दा कहिले अन्डर नाइन्टिन त कहिले महिला र कहिले भाडामा दिएको भन्दै मैदान उपलब्ध हुन सकेन । त्यसकारण जसोतसो पुल्चोकको मैदानमा खेलाडी छनोट गर्नुपरेको बताए । साथे उनले खेलकुद मन्त्रालयमा बजेटका लागि जादा यो बेला सातौ राष्ट्रिय भएकोले दृष्टीविहिन विश्वकप छोड्नुहोस, बजेट खासै छैन भन्नु भयो ।

करीव १४ दिनको प्रतियोगितामा नेपालले अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज विरुद्ध खेल्नुपर्नेछ । जसमा नेपालले अष्ट्रेलिया विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । शारिरीक रुपमा आपैmमा अशक्त खेलाडीले क्रिकेटको माध्यमबाट भविष्य खोजिरहेका बेला उनिहरुको क्षमतालाई विकाश गर्न किन कन्जुस्याई भएको होला ।

Comments:

comments

About the author

News Staff

Latest News