समाचार

धनगढी प्रिमियर लिग चैत्र ५ गतेदेखि हुने, खेलाडीलाई अक्सनमा राखिने, विजेताले १५ लाख पाउने

क्रिकेटको शहरको परिचय बनाएको धनगढीमा आउँदो चैत्र ५ गतेदेखि नेपाली घरेलु क्रिकेट संरचनाकै सवैभन्दा ठुलो अक्सनमा आधारित क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । यस हुदै आएको सर्वाधिक धनराशीको एसपीए कप तथा नेपालमा पहिलो पटक अक्सनमा आधारित भइ गरिएको क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिग डिसिएल को मर्जरको नयाँ स्वरूप सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डिपिएल गर्न लागीएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउनु भयो ।

प्रतियोगिताले रु १५ लाख तथा उपविजेताले रु ७ लाख नगद तथा ट्रफी पाउँने छन भने प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजलाइ मोटरसाईकल पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा २८ लाख ५० हजार रुपैया नगद पुरस्कारमा खर्च हुने आयोजक डिसिएका अध्यक्ष शाहीले बताउँनु भयो ।

प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा शहरहरूको प्रतिस्पर्धा हुने भएको छ । जसमा काठमाण्डौ, रूपन्देही, धनगढी र अत्तरियाक टुंगो लागि सकेको र बाकी दुइ टीमसँग पनि सकरात्मक कुरो भइरहेको उहाँले बताउनु भयो । प्रत्येक टीमका टीम मालिक रहेका छन् । ति टीमले अक्सनको माध्यमबाट खेलाडीहरू आफ्नो टीममा भित्र्याउँने छन् । अक्सन आगामी माघ तेस्रो साता हुने अध्यक्ष शाहीले बताउनुभयो ।

पुरस्कारहरू
विजेता १५ लाख नगद, ट्रफी, मेडल
उपविजेता ७ लाख नगद, ट्रफी, मेडल
म्यान अफ द सिरिज मोटरसाइकल
म्यान अफ द म्याच १० हजार प्रत्येक खेल

अक्सनका लागि खेलाडीको न्युनतम रकम

राष्टिय खेलाडी– ५० हजार
यू–१९ राष्टिय तथा पुर्व राष्टिय खेलाडी– ३० हजार
नया खेलाडी २० हजार

Latest News

To Top