Nepal Mens

धनगढी प्रिमियर लिग खेल्न २५० खेलाडीको दर्ता, एक सय ४० जति नै राष्ट्रिय खेलाडी

कैलालीमा पुष ५ गतेदेखि हुने धनगढी प्रिमियर लिगका लागि करीव दुई सय ५० खेलाडीले नाम दर्ता गरेका छन । अक्सनको माध्यमबाट टिम तयार पारिने भएकाले आयोजकले दुइ साता अगाडी खेलाडी दर्ता खुल्ला गरेको थियो । जसमा एक सय ४० जति राष्ट्रिय टिममा परेका खेलाडीले नाम दर्ता गराएका छन ।

सुदुरपश्चिममा आयोजना हुने नेपालकी सबैभन्दा ठुलो पुरस्कार राशि रहेको डिपीएलको खेलाडी दर्ता समय आइतबारसम्म रहेकोमा आजसम्म करीव दुई ५० खेलाडीले नाम दर्ता गराएको प्रतियोगिता ब्यवस्थापक टोलि प्रमुख सौरभ ओझाले जानकारी गराए । जसमा हाल राष्ट्रिय टिममा रहेका खेलाडी सहित पुर्व तथा अन्डर नाइन्टिन सबै खेलाडीले नाम दर्ता गराएका छन ।

छ टिमको सहभागिता रहने प्रतियोगितामा टिमको टुङगो लागिसकेको छ । जसमा महेन्द्रनगर, अत्तरीया, विराटनगर, काठमाडौ, धनगढी र भैरहवा रहेका छन । काठमाडौ, अत्तरीया, धनगढी र भैरहवा पहिले नै पक्का भइसकेका थिए भने महेन्द्रनगर र विराटनगरले पछि खेल्ने पक्का गरेका हुन । अब दर्ता भएका खेलाडीलाई अक्सनको माध्यमबाट टिममा राखिने छ । यसका लागि आयोजकले पुष २३ गते अक्सनको मिती तोकेको छ । अक्सन काठमाडौमा हुनेछ ।

त्यसअघि १९ गते हरेक टिम मालिक र आयोजकको बैठक हुनेछ । जसबाट टिम फाइनल गरिनुका साथै कप्तानको पनि टुङगो लाग्नेछ । सगरमाथा सिमेन्टको प्रायोजन मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु ७ लाख नगद तथा ट्रफी पाउँने छन भने प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजलाइ मोटरसाईकल पुरस्कार दिइने छ । प्रतियोगितामा २८ लाख ५० हजार रुपैया नगद पुरस्कारमा खर्च हुनेछ ।

पुरस्कारहरू
विजेता १५ लाख नगद,
उपविजेता ७ लाख नगद,
म्यान अफ द सिरिज मोटरसाइकल
म्यान अफ द म्याच १० हजार प्रत्येक खेल


अक्सनका लागि खेलाडीको न्युनतम रकम

राष्टिय खेलाडी– ५० हजार
यू–१९ तथा पुर्व राष्टिय खेलाडी– ३० हजार
नया खेलाडी २० हजार

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top