International

आश्विन सर गेरफिल्ड सोबर्स ट्रफिबाट सम्मानित, क्विटोन डी कक एक दिवसिय क्रिकेटर

भारतीय स्पिनर रविचन्द्रन आश्विनलाई प्रतिष्ठित सर गेरफिल्ड सोबर्स ट्रफिबाट सम्मानित गरिएको छ । आइसीसी टेष्ट प्लेयर अफ दी इयर बनेका आश्विनलाई सो सम्मान दिइएको हो । यो अवार्ड जित्ने आश्विन तेस्रो भारतीय तथा समग्रमा १२ औ क्रिकेटर बनेका छन ।

यो बर्ष उत्कृष्ट प्रदर्शन गरेका आश्विन भन्दा अगाडी २००४ मा राहुल द्रविड, २०१० मा सचिन तेन्दुलकरले यो अवार्ड जितेका थिए । यसबाहेक अरु खेलाडीमा एन्र्डु फिलिन्टफ र ज्याक कालिसले २००५ मा रिकी पोन्टिङले २००६ र २००७ मा शिवनारायण चन्द्रपाउलले २००८, मिचेल जोनसनले २००९ र २०१४, जोनाथन ट्रोटले २०११, कुमार सांगाकाराले २०१२ र माइकल क्लार्कले २०१३ र स्टिभ स्मिथले २०१५ मा यो अवार्ड हात पारेका थिए । २०१५ को सेप्टेम्बर १४ देखि २० सेप्टेम्बर २०१६ सम्म भएको भोटिङका आधारमा आश्विनले यो अवार्ड जितेका हुन । राहुल द्रविड पछि आश्विन दोस्रो पटक टेष्ट क्रिकेटर अफ दी इयरमा परेका छन ।

यस्तै दक्षिण अफ्रिकी ब्याटसम्यान तथा विकेट किपर क्विटोन डी कक एक दिवसिय क्रिकेटर बन्न सफल भए । एवी डिभिलियर्स पछि यो उपाधि जित्ने डी कक दोस्रो दक्षिण अफ्रिकी खेलाडी बनेका छन । भोटिङका आधारमा विजेता बनेका डी ककले १६ खेलमा सात सय ९३ रन हानेका थिए । जसमा चार सतक र एउटा अर्धसतक रहेको थियो ।

Most Popular

To Top