विराट कोहली विश्व बरियताको पहिलो स्थान नजिक, आश्विनले करियर धरै अंक हात पारे

पछिल्लो पटक राम्रो फर्म रहेका विराट कोहली विश्व बरियताको पहिलो स्थान नजिक पुगेका छन । यस्तै स्पिनर रविचन्द्रन आश्विनले करियरमा अहिलेसम्म कै धरै अंक हात पारेका छन ।

यो बर्ष तीन वटा दोहोरो सतक प्रहार गरेका विराट टेष्ट बरियतामा दोस्रो स्थानमा हुदा शिर्ष स्थानमा रहेका स्टिभ स्मिथसंगको दुरी मात्र ११ अंकमा झारेका छन । इग्ल्याण्ड विरुद्ध चौथो टेष्टमा दोहोरो सतक प्रहार गरेका विराटको ८८६ अंक छ भने स्टिभ स्मिथको ८९७ अंक छ । यो बर्ष धरै रन प्रहार गर्ने शिर्ष पाच खेलाडीमा परेका विराट निकट भविष्यमा शिर्ष स्थानमा उक्लने प्रवल सम्भावना छ ।

बलिङ तर्फ भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले बरियता कै सबै भन्दा धरै पोइन्ट हासिल गरेका छन । गत अक्टोबरमा पुन टेष्ट बरियताको शिर्ष स्थानमा उक्लदा ९०० अंक बोकेका आश्विनले इग्ल्याण्ड विरुद्धको चौथो टेष्टमा १२ विकेट लिएपछि थप चार अंक हासिल गर्दै ९०४ अंक पुर्याएका छन । यो संगै उनले दोस्रो स्थानमा रहेका श्रीलंकन बलर रंगना हेराथसंगको दुरी ३७ अंकमा पुर्याएका छन । यसअघि श्रीलंकन पुर्व स्पिनर मुथैया मुरलीधरनले सबै भन्दा धरै ९२० अंक हासिल गरेका थिए ।

Comments:

comments

About the author

News Staff