करीयरको तेस्रो टेष्ट खेलिरहेका करुण नायरले बनाए इतिहास

आफ्नो करियरकै तेस्रो टेष्ट खेलिरहेका भारतीय खेलाडी करूण नायरले नयाँ किर्तीमान बनाएका छन्। आफ्नो करियरकै तेस्रो टेस्टमा उनले शानदार रूपमा नटआउट तेहरो सतक बनाउँदै इतिहास रचेका हुन्। चेन्नईस्थित चेपक रंगशालामा इंग्ल्याण्डवविरूद्ध नायरले ३०३ रन बनाउँदै यो उपलब्धि रचेका हुन्।

उनले मात्र ३८१ बल खेल्दै ३२ चौका र चार छक्का सहित तेहरो सतक प्रहार गरेका हुन्। उनले ८० स्ट्राइक रेटमा खेलेका थिए। नायरको तेहरो सतक पूरा हुनासाथ कप्तान विराट कोहलीले टेस्टको चौथो दिनको खेल सात विकेटको क्षतिमा ७५९ रन भएसँगै भारतीय इनिङ्स समाप्तिको घोषणा गरेका थिए। यो टेस्ट क्रिकेटमा भारतको सबैभन्दा ठूलो रन हो।

प्रतियोगितामा तेहरो सतक प्रहार गर्ने नायरको यो पहिलो सतक पनि हो। यो सँगै टेस्ट क्रिकेटमा तेहरो सतक बनाउने दोस्रो भारतीय खेलाडीसमेत बनेका छन्। यसअघि वीरेन्द्र सेहवागले तेहरो सतक प्रहार गरेका थिए।

पारीमा नायरले चौथो विकेटका लागि के एल राहुलसँग १६१ र छैठौं विकेटका लागि रविचन्द्र अश्विनसँग १८१र रविन्द्र जडेजासँग सातौ विकेटका लागि १३८ रनको साझेदारी गरे। नायरसँगै के एल राहुलले पनि शानदार १९९ रन बनाएका थिए।

इंग्ल्याण्डले यसअघि पहलो पारीमा ४७७ रन बनाएर अल आउट भएको थियो। यही डिसेम्बर ६ मा आफ्नो २५ औं जन्मदिन बनाउन लागेका करुण आईपीएलमा दिल्ली डेयरडेविल्सबाट खेल्ने गरेका छन्। उनले अहिलेसम्म दुई वानडे र ६४ ट्वान्टी-ट्वान्टी खेलिसकेका छन्। नायरको टेस्ट करियरको शुरुआत यही सिरीजमा इंग्ल्याण्डविरूद्ध गरेका हुन्। एक दिवसीय खेलमा भने नायरले यसै वर्ष जुनमा ज़िम्बाब्वेविरूद्ध डेब्यु गरेका थिए।

Comments:

comments

About the author

News Staff