मुलपानी क्रिकेट मैदानलाई कथा बनाउन चाडै बजेट विनियोजन गरिने– खेलकुद मन्त्री श्रीपाली, बजेट समयमा आए ४५ दिनमा खेल्न योग्य बनाइने– छुम्बी लामा

किर्तीपुरको विकल्पका रुपमा मुलपानीमा क्रिकेट मैदान बनाउने भनेको एकदेशको कथा जस्तै हुन थालिसक्यो । तीन बर्ष अगाडी नै मैदान खेल्न योग्य हुनुपर्नेमा अझैपनि बजेट अभावका कारण मुलपानीको माथिल्लो मैदान खेल्न योग्य त परै जाओस बनेका संरचना पनि भत्किन थालेका छन ।

१४ बर्ष अगाडी एशियाली स्तरको क्रिकेट एकेडेमी बनाउने भनेर निर्माण सुरु भएको मुलपानी मैदानमा कहिले विवाद त कहिले बजेट अभावका कारण काम सुरु हुने, रोकिने हुदैगयो । आज भन्दा तीन बर्ष अगाडी नै यो मैदानमा खेलाडीलाई खेल्न योग्य मैदान तयार हुने भनेर तत्कालिन क्यानका पदाधिकारीले निकै खोकेका थिए । तर समय वित्दै गयो मैदान बन्नत परै जाओस यतिबेला आएर बजेट खर्च गरेर निर्माण गरेका संरचनापनि जिर्ण बनेका छन ।

मैदान सम्याउनु अगाडी नै चार करोड रुपैया खर्च गरेर भवन बनाइयो । यो मैदानका लागि सरकारले हरेक बजेट भाषणमा बजेट नछुट्याइएको होइन । तर समयमा बजेट नआउने र खर्च गर्न नसक्दा बारम्बार बजेट फ्रिज हुन पुग्यो । पछिल्लो पटक क्रिकेट खेलाडी, प्रशिक्षकहरु मिलेर खेलकुद मन्त्रालयलाई बजेटका लागि ज्ञापनपत्र नबुझाएका होइनन ।

तर सो ज्ञापन पत्र बुझाएको एक महिना पुग्दा पनि त्यो फाइल अगाडी बढ्न सकेको छैन । यस विषयमा निलम्बित क्यानका सिओओ छुम्बी लामा भन्छन, कार्तिकको दोस्रो साता खेलाडी, प्रशिक्षक र आफुहरु मिलेर खेलकुद मन्त्रीलाई करीव १७ लाख रुपैयाको बजेट विनियोजनका लागि ज्ञापनपत्र बुझाएको थियो, त्यो प्रक्रिया अगाडी बढेको छ र समयमा बजेट पाएमा ४५ दिन भित्र मुलपानीको माथिल्लो मैदान खेल्न योग्य बनाउछौ । बजेट आएपछि उपभोक्ता समिती गठन गरेर काम गरिनेछ, जसमा खेलाडी, प्रशिक्षक, स्थानिय बासिन्दा र कर्मचारी रहनेछन ।

यस्तै मन्त्री दलजीत श्रीपालीले खेलाडीले बुझाएको ज्ञापनपत्रलाई ध्यानमा राखेर बजेटका लागि फाइल साइन गरिसकेको र अहिले कुन अवस्थामा छ त्यसलाई चाडो भन्दा चाडो टुङग्याएर बजेट दिने बताए ।

मन्त्रीले यसो भनिरहदा मैदानका लागि दिने भनेको करीव १७ लाख रुपैयाको आश्वासनको फाइल राष्ट्रिय खेलकुद परिषद भन्दा अगाडी बढन सकेको छैन । मुलपानीको मैदानमा देखिने गरी करीव साढे छ करोड रुपैया खर्च भएको छ । तर पछिल्लो पटक खर्च भएको संरचना भत्किएका छन । यतिमात्र होइन चर्चामा रहेर सेलाएको यो मैदानको अवस्थाबाट खेलाडी एंव प्रशिक्षक पनि जिल्ल परेका छन ।

पुर्व खेलाडी राजु बस्न्यात भन्छन, आफुले क्रिकेट खेल्दा दुई तीन बर्षमा मुलपानीमा क्रिकेट खेल्न पाइन्छ भनेर खुसी भएका थियो तर अहिले हेर्दा बनेका संरचना पनि जिर्ण बनेको देख्दा निकै दुख लागेको छ । ब्यक्तिगत स्वार्थका कारण मुलपानीको मैदान बन्नुका साटो झन झन जिर्ण बन्न गयो यसको जिम्मेवारी सबै क्रिकेट पदाधिकारीले लिनुपर्छ ।

अब सरकारले बजेट विनियोजन गरेमा ४५ दिन भित्र खेल्न योग्य बनाउने लक्ष्यमा खेलाडी तथा प्रशिक्षक टोलि रहेको छ । तर करीव एक बर्ष अगाडीपनि छ महिनामा खेल्न योग्य बनाउने भनेर काम गुरु नगरीएको होइन त्यो त्यसै बोलिमा सिमित भएको थियो । मैदानको छेवैमा हरेको भवन जिर्ण बन्दा पनि मैदान तयार नहोला भन्न सकिन्न ।

Comments:

comments

About the author

News Staff