पुरुष क्रिकेट प्रतियोगितामा विभागिए टिम सशस्त्र प्रहरी बल र मध्यमाञ्चल विजयी

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागिए टिम सशस्त्र प्रहरी बल र मध्यमाञ्चल विजयी भएका छन ।

बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई २६ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले निर्धारीत २० ओभरमा चार विकेट गुमाउदै एक सय ४५ रन बनायो । उसका लागि सन्दिप सुनारले ५१ तथा प्रदिप ऐरीले अविजीत २९ र पारस खड्काले अविजीत २६ रन बनाए । जवाफमा मध्यपश्चिम २० ओभरमा छ विकेट गुमाउदा एक सय १९ रनमा रोकियो । उसका लागि प्रनित थापाले ४० तथा अनुपम सिंहले २१ रन बनाउदा बाकि खेलाडी सस्तैमा समेटिए । जीतसंगै सशस्त्रले समुह एबाट दुई अंक जोडेको छ ।

यस्तै समुह बी को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई चार रनले हरायो । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा नौ विकेट गुमाउदै एक सय २० रन बनाएको थियो । उसका लागि जितेन्द्र ठकुरीले ३१ तथा आचल चौधरीले २७ र रसिद खानले २१ रन बनाए । जवाफमा पश्चिमाञ्चल २० ओभरमा नो विकेट गुमाउदा एक सय १६ रनमा रोकियो । उसका लागि कुनै पनि खेलाडीले २० रनको आकडा छुन सकेनन । पश्चिमाञ्चलका लागि मनिश थापाले सर्वाधिक १७ रन बनाए भने २४ अतिरीक्त बनाएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News