महिला क्रिकेटको उपाधिका लागि सशस्त्र र पुर्वाञ्चल भिडने

सातौ राष्ट्रिय अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरी बल र पुर्वाञ्चल विच प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनलमा सशस्त्रले मध्यपश्चिमलाई हरायो भने पुर्वाञ्चलले मध्यमाञ्चललाई पराजित गर्यो ।

इटहरीमा भएको खेलमा सशस्त्रले मध्यपश्चिमलाई ८३ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले २० ओभरमा चार विकेट गुमाउदै एक सय २० रन बनायो । उसका लागि करुणा भण्डारीले ४५ तथा सरिता मगरले ४३ रन बनाइन । जवाफमा मध्यपश्चिमले २० ओभरमा नौ विकेट गुमाउदा ३७ रन मात्र बनाउन सक्यो । मध्यपश्चिमका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्पm सशस्त्रका लागि करुणा भण्डारीले तीन विकेट लिइन । यस्तै अर्को खेलमा पुर्वाञ्चलले सुदुरलाई ६० रनले हराउदै फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको पुर्वाञ्चलले तीन विकेट गुमाउदै एक सय १५ रन बनाएको थियो । उसका लागि काजोल श्रेष्ठले ५५ तथा रोमा थापाले ३४ रन बनाइन । जावफमा सुदुर १९ ओभर चार बलमा ५५ रनमा अलआउट भयो । सुदुरकाका लागि शान्ती खतिवडाले मात्र दोहोरो अंक बनाइन । फाइनल खेल भोली हुनेछ ।

यस्तै पुरुषमा बिनोद भण्डारीको विस्फोटक ब्याटिङको मद्धतले आर्मीले लगातार दोस्रो जित निकालेको छ । बैजनाथपुर क्रिकेट मैदानमा आर्मीलेस मध्य पश्चिमाञ्चललाई ३० रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै एक सय ५७ रन बनायो । उसका लागि बिनोदले २३ बल खेल्दै नटआउट ६७ रन बनाए । मध्यपश्चिमका लागि सिद्धान्त राज शाहीले दुई विकेट लिए । जवाफमा मध्यपश्चिम २० ओभरमा ९ विकेट गुमाउदा एक सय २७ रनमा रोकियो । उसका लागि प्रज्वल शाहीले २९ तथा राजवीर सिंहले १९ बाहेक अन्यले गतिलो ब्याटिङ गर्न सकेनन । आर्मीका विक्रम सोवले ३ तथा सागर पुनले २ विकेट लिए । यस्तै अर्को खेलमा नेपाल पुलिसले पुर्वाञ्चललाई ५० रनले हरायो । पहिले ब्याटिङ गरेको पुर्वाञ्चललेस आठ विकेट गुमाउदै एक सय ४४ रन बनाएको थियो । उसका लागि आरिफ शेखलेस ४० रन बनाए । जवाफमा पुर्वाञ्चल ९४ रनमा अलआउट भयो ।

Comments:

comments

About the author

News Staff

Latest News