बर्ष २०१६ नेपाली क्रिकेटका लागि…..

सन् २०१६ नेपाल क्रिकेटका लागि निकै उताडचडावका विच सकियो । मैदानमा क्रिकेट खेलाडीले राम्रो गर्दागर्दै पदाधिकारी जिम्मेवार हुन नसक्दा नेपाली क्रिकेटले पाउनुपर्ने उचाई सतहमा नै रह्यो । कस्तो रह्यो त यो बर्ष नेपाली क्रिकेट

नेपालको राजनितीको प्रत्यक्ष असर यसपटक नेपाली खेलकुद त्यसमा पनि क्रिकेटमा बढी रह्यो । किनकी ट्वान्टी ट्वान्टी विश्वकप खेलिसकेको नेपाली टिमका समर्थकले आफनो प्रिय खेलले धरै उचाई छुन्छ भनेर आशावादी बनेका थिए तर नतिजा त्यसको ठिक उल्टो रह्यो । यो बर्ष नेपालले अन्तराष्ट्रिय स्तरमा अन्डर नाइन्टिन देखि सिनियर स्तरसम्मका प्रतियोगिता खेल्यो । यसका साथै महिला क्रिकेटमा पनि दुई बर्षपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने मौका पायो । तर नतिजा भने थोरे हात लाग्यो ।

जाइन्ट किलरको ट्याग को चुनौती

यो बर्षको जेनेवरीमा नै अन्डर नाइन्टिन क्रिकेट टिम बंगलादेशमा भएको विश्वकप खेल्न पुगेको थियो । सन् २००८ मा दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेशलाई हराएर जाइन्ट किलरको उपनाम पाएको युवा टिमले बंगाली भुमिमा आप्mनो ट्यागलाई सम्हाल्ने निकै प्रयास गर्यो । भारत न्युजिल्याण्ड जस्तो कठिन समुह परेको नेपाली टिमले पहिलो खेलमा नै न्युजिल्याण्डलाई ३२ रन र आयरल्याण्डलाई आठ विकेटले हराउदै सशक्त प्रदर्शन गर्यो । जसमा सन्दिप लामिछानेको ह्याट्रिकले अन्तराष्ट्रिय क्रिकेट अचम्ममा पर्यो । तर भारतसंग सात विकेट र क्वाटरफाइनमा बंगलादेशसंग छ विकेटले पराजित हुदा युवा टिमको प्रतियोगिताबाट बाहिरीयो । तर पनि क्रिकेट प्रेमिको मन जित्न भने युवा टिम सफल भयो । बर्षको अन्तिममा पनि युवा टिम सन्दिप लामिछानेको कप्तानीमा एशिया कप खेल्नगयो । जसमा श्रीलंकासंग मात्र एक रनले हार्दा सारा क्रिकेट प्रेमिको मन दुख्न पुग्यो । तर पनि यो प्रतियोगितामा नेपाली युवा खेलाडीले म्याच एक्पोजर पाएमा राम्रो गर्न सक्छन भन्ने छाप छोडे । नया खेलाडीको बाहुल्यता रहेको टिमले भविष्यमा सिनियर स्तरका लागि राम्रा खेलाडी तयार छन भन्ने आभाश पनि गरायो ।


सन्दिप लामिछानेको उदय

अन्डर नाइन्टिन विश्वकपमा जादुमयी बलिङ गरेका सन्दिपले युवा सेनवार्नको उपनाम पनि पाए । सो विश्वकपबाट राजु रिजाल, आरिफ शेख, सुनिल धमलाले सिनियर स्तरमा राम्रो गर्न सक्छन भन्ने प्रमाणित गर्दा सबै भन्दा धरै चर्चा सन्दिपको भयो । १६ बर्षे सन्दिपले विश्वकपमा गरेको प्रदर्शनका आधारमा नै लगत्तै सिनियर स्तरमा प्रवेश पाए । यस्तै हङकङमा भएको टि ट्वान्टी ब्लिजमा पनि खेल्ने मौका पाए । जसमा उनले माइकल क्लार्कको कप्तानीमा रहेको टिमबाट खेले । सोहि प्रतियोगिताका कारण उनले क्लार्कको एकेडेमीमा प्रशिक्षण गर्ने मौका पाए । २०१५ को विश्वकप जित्दाका कप्तान क्लार्कले सन्दिपलाई आप्mनो क्लवमा बोलाएर प्रतियोगिता मात्र खेलाएनन क्रिकेट करियर र रणनितीका बारेमा पनि निकै पाठ सिकाए ।

पारस र शरद स्टार

तीन बर्षको अन्तराल पछि नेपालमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना भयो । त्यो थियो आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको नामिविया विरुद्धको खेल । ठुलो चुनौतीका बाबजु आइसीसी आफै नेपाल आएर किर्तीपुरमा क्रिकेट प्रतियोगिता आयोजना गरायो । त्यसअघि स्कटल्याण्डमा दुई खेल हारेको नेपालले घरेलु मैदानमा नामिविया विरुद्ध दुबै खेल जित्दै दर्शकलाई खुसी तुल्याए । क्यानमा विवाद हुदापनि खेलाडीले देखाएको हौसलाले विपक्षी टिम समेत प्रभावित बने । यो खेलमा मिडिलअडर ब्याट्सम्यान शरद भेषवाकरले दुबै खेलमा अर्धसतक प्रहार गर्दै मिस्टर फिनिसर भएको प्रमाणित गरे । सन् २०१९ को विश्वकपको ढोका खोल्ने खेलका रुपमा रहेको प्रतियोगितामा पारस खड्काले दोस्रो खेलमा सतक प्रहार गर्दै किर्तीमान बनाए । दुई सतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका पारसको कप्तानीमा रहेको टिमले जीतसंगै विश्वकप छनोट खेल्ने आशा जिवीतै बनायो । त्यसपछि अगस्ट महिनामा नेपाल अर्को खेलका लागि नेदरल्याण्ड पुग्यो । तर पहिलो खेलमा ९४ रन मात्र बनाएको नेपाल सात विकेटले पराजित भयो । तर दोस्रो खेलमा नेपालले डच टिमलाई १९ रनले हराउन सफल भयो । नेदरल्याण्डलाई प्रतियोगितामा हराउने नेपाल दोस्रो टिम बन्यो । सो खेलमा पनि खडकाले ८४ रनको पारी खेल्दै आफनो स्तर कस्तो छ भन्ने प्रमाणित गरे ।

लर्डसमा नेपाली क्रिकेट टिम

होम अफ क्रिकेट भनेर आफनो छुटै इतिहास रहेको लर्डस मैदानमा जुलाई महिनामा नेपाली टिम क्रिकेटको सबैभन्दा पुरानो क्लव मेरलीबाने क्रिकेट टिमसंग उत्रियो । यो खेल बर्षभरीको सबै भन्दा चर्चाको विषय बन्यो । नेपाल र बेलायतको दौत्यसम्बन्धको २०० बर्ष पुगेको उपलक्ष्यमा भएको खेलमा नेपालले ४१ रनको जीत निकाल्यो । खेल भन्दा पनि नेपाली टिमले लर्डसमा खेल्नु नै सबैभन्दा ठुलो कुरा थियो । विश्वका सफल खेलाडी बस्ने पेभेलियनमा नेपाली टिम बस्दा खेलाडी पनि दंग थिए । यो खेलमा बेलायतमा रहेका पाच हजार नेपाली मैदानमा पुगेर टिमलाई समर्थन गरे । जसका कारण खेलाडीलाई एमसीसीमा होइन घरमै खेलिरहेको आभाश भयो ।

महिला क्रिकेटका लागि मौकाको बर्ष

देशमा पुरुष क्रिकेट नै डगमगाई रहेका बेला महिला क्रिकेट गुमानाम हुने अवस्थामा पुगेको थियो । तर यो बर्ष महिलो क्रिकेटले दुई बर्षपछि दुई वटा अन्तराष्ट्रिय प्रतियोगिता खेल्यो । त्यो पनि एक महिनाको अन्तरालमा । थाइल्याण्डमा भएको आइसीसी महिला विश्वकप छनोट अन्तर्गत एशिया रिजनमा भएको खेलमा नेपालले राम्रो नखेलेको होइन । तर थाइल्याण्डसंग दुबै खेलमा पराजित हुदा नेपाल दोस्रो स्थानमा रहन पुग्यो । पहिलो भएको खण्डमा नेपालले ग्लोबल छनोट खेल्न पाउने थियो । तिहार अगाडी भएको प्रतियोगितामा राम्रो खेलेको प्रशिक्षणले बताइरहदा महिला टिमले तिनै प्रशिक्षक राजु बस्न्यातलाई खेलाडीले अभद्र ब्यवहार गरेको आरोप लगायो । जसका कारण महिला क्रिकेटमा अर्को लफडा सुरु भयो । तर सो आरोप त्यतिकै सेलाएपनि खेलाडी एशिया कपका लागि तयारीमा जुटे । मात्र १० दिनको प्रशिक्षण पछि श्रीलंका पुगेको टिमको प्रदर्शन लज्जास्पद भयो । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्ड सम्मिलिन टिममा नेपालले दुई पटक इतिहासकै थोरै रन बनायो । एक पटक २३ मा प्याक भएको नेपाल भारत विरुद्ध २१ रनमा अलआउट हुदा निकै आलोचना खेप्नुपर्यो । तर खेलाडीलाई बच्ने बाटो स्पष्ट थियो, म्याच एक्पोजरको कमि, तयारीमा ध्यान नदिने नतिजा चाहिने आदी इत्यादी । तर ब्याक टु ब्याक दुई प्रतियोगिता खेल्दा नेपाली टिमलाई अन्तराष्ट्रिय प्रतियोगिता नखेलको ग्याप भने पुरा भयो ।

क्रिकेटको नियमन निकाय नै घाइते

नेपालले तीन बर्षपछि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेको केहि समय पछि नै आन्तरीक किचलोका कारण क्यान आइसीसीको निलम्बनमा पर्यो । एक समुहले निर्वाचन गरेर आफुलाई निवार्चित भएको दावी गर्दा त्यसलाई मान्यता नदिएर परिषदले अर्को समिती गठन गर्दा आइसीसीले नै नेपाली क्रिकेटको हैसियत देखाईदियो । अप्रिलको २५ तारिखमा नेपाली क्रिकेटलाई आइसीसीले निलम्बनमा पारेपछि खेलाडीको अभिभावकत्व नै गुम्न पुग्यो । तर सकारात्मक कुरा, खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिता खेल्नबाट भने बञ्चि गराइएन । साथै आइसीसीले विवाद समाधानका लागि सल्लाहकार समिती खडा गर्यो । जसले क्यानको विधान र नया बोर्ड गठनका लागि काम गर्ने भनेर तोकिदियो । छ सदस्यिस समिती गठन गरेपनि के काम गरेको छ भन्ने कुनै अत्तो पत्तो छैन ।

यो बर्ष क्रिकेटमा देखिएको उताडचडावले आउदो बर्ष केहि राम्रो हुने आशा हामी गर्न सक्छौ किनकी नया बर्षको सुरुमा नै नेपालले केन्या विरुद्ध अन्तराष्ट्रिय प्रतियोगिता खेल्दैछ । साथै घरेलु संरचनाको विकाश आउदो बर्ष केहि हदसम्म होला भन्ने हामी आशा गरौ

 

 

 

 

Comments:

comments

About the author

News Staff

Latest News