समाचार

राष्ट्रिय खेलकुद परिषदद्धारा क्रिकेट तथा फुटबलमा भएको अनिमियतता र गैर जिम्मेवारीको बारेमा छानविन समिति गठन

राष्ट्रिय खेलकुद परिषदले क्रिकेट र फुटबलमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गरि सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न राखेपका सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा ५ सदस्यिय छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था प्रमुख डेमबहादुर बस्नेत र राखेप कानून बिज्ञ धनबहादुर बस्नेत रहेका छन् । २०७३ अशोज २० देखि हङ्गगकङ्गमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्व कप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बि लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्नेतले खेलाडी छनोटका क्रममा गैह खेलाडी छनोट गरेको तथा प्रतियोगिताको लागि बरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा परिषदमा दुई दुई बरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुंदा हुंदै स्टाफ नर्सलाई फिजियोको रुपमा लगेको र खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोट आर्थिक अनियमितता गरेको उजुरी परेको थियो ।

थ्रि स्टार क्लबले एन्फाका पदाधिकारीहरुको गैर जिम्मेवारी पनका कारण एएफसी कपको प्लेअफ खेल्नबाट बञ्चित हुन परेकोले राष्ट्रको बदनाम हुनुका साथै लगानी खेर गएको भनि ६ करोडको क्षतीपूर्ति सहित अनियमितताको छानविन गरि दोषी उपर कार्यवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेकोले अख्तियारले युवा तथा खेलकुद मन्त्रालयलाई कार्यवाही गर्न पत्र साथ अनुरोध गरिएकोमा युवा खेलकुद मन्त्रालयले उक्त उजुरी उपर के कस्तो भएको हो छानविन गरि सत्य तथ्य सहित प्रतिवेदन पेश गर्न भनि राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको छ । तसर्थ परिषदले उक्त अनियमितता तथा गैह जिम्मेवारीको बारेमा छानविन गरि सत्य तथ्य पत्ता लगाई एक महिना भित्र प्रतिवेदन पेश गर्न छानविन समितिलाई जिम्मेबारी प्रदान गरिएको छ ।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top