बंगलादेश विरुद्ध दोस्रो खेलमा न्यूजिल्याण्ड विजयी, श्रृखला दुई शुन्यले आफनो पक्षमा

बंगलादेश विरुद्धको दोस्रो एकदिवसिय खेलमा न्यूजिल्याण्ड ६७ रनले विजयी भएको छ । जितसंगै न्यूजिल्याण्डले तीन खेलको श्रृखला दुई शुन्यले आफनो पक्षमा पारेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारीत ५० ओभरमा दुई सय ५१ रन बनायो । उसका लागि नील ब्रुनले एक सय नौ रन बनाए भने लुकी रोन्चीले ३५ तथा जेम्स निशामले २८ रन बनाए । बलिङ तर्फ बंगलादेशका लागि मुर्सोफि र्मोताजाले तीन तथा टक्सिन अहमद र सकिव अल हसनले दुई दुई विकेट लिए ।

जवाफमा पाहुना टिम बंगलादेश ४२ ओभर चार बलमा एक सय ८४ रनमा अलआउट भयो । बंगलादेशका लागि इमरुल केइसले ५९ तथा सब्बिर रहमान ३८ र नुरुल हसनले २४ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए । बंगलादेशलाई कम स्कोरमा रोक्न केन विलियम्सनले तीन तथा ट्रेन्ट बोल्ट र टिम साउथीले दुई दुई विकेट लिए । अब यी दुई टिम विचको अन्तिम खेल शनिबार हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News