Nepal Cricket

कप्तान पारस खड्का भन्छन– क्रिकेटमा धरै सम्भावना छ तर हु केयर्स

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले ब्यक्तिगत वेवसाईट पारसखड्का डट कम सञ्चालनमा ल्याएका छन । क्रिकेट करियरमा आफनो योगदान र क्रिकेटमा विकास गर्न के गर्न सकिन्छ तथा किन क्रिकेटलाई वास्ता गरिएको छैन भन्ने विभिन्न लेख कप्तानले सो ब्लगमा राखेका छन ।

अन्डर सेभेन्टिन देखिको क्रिकेट यात्रालाई सम्झदै कप्तान खडकाले करियरका रोमाञ्चक र चुनौतीका मोडहरुलाई ब्लगमा राखेका छन । अहिलेसम्म चार वटा खेललाई खडकाले ब्लगमा समावेश गरेका छन । जसमा द्याट हाफ रन नामक खेललाई राखेका छन । जसमा उनले आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत स्कटल्याण्ड विरुद्धको रोमाञ्चक क्षणलाई सम्झेका छन । लिगको दोस्रो चरणमा स्कटल्याण्डसंगको खेलमा कप्तानका नाताले भोगेको क्षणलाई उनले सम्झेका छन । यस्तै सन् २००२ मा बंगलादेश विरुद्धको खेललाई पनि राम्रोसंग सम्झेका छन । अन्डर फिप्टिन एशिया कपमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्दाको क्षण त्यसपछि अन्डर नाइन्टिन प्रतियोगिता त्यसलाई पनि उनले आफना समर्थकलाई ताजा गरेका छन ।

सो बेला कप्तान खड्काले आफनो नाक झण्डै भाचिएको क्षणलाई पनि समावेश गरेका छन । टेष्ट मान्यता टिम बंगलादेश विरुद्ध खेल्दाको क्षणलाई सम्झदै कप्तान लेख्छन, आवुदावी मैदानमा हामी सेतो ड्रेसमा खेल खेलिरहेका थियो । फिल्डिङका क्रममा हावामा रहेको बललाई अष्ट्रेलियन किसिमले क्याच गर्न खोज्दा बल सोझै नाकमा लाग्न पुग्यो र मैदानमा ढल्न पुग्यो । जसका कारण मेरो नाकबाट रगत बग्नुका साथै आधा अचेत जस्तै भए । तर पनि अरु खेलाडीले बल फाल भनेको आवाज सुनेकाले जसोतसो बल विकेटकिपरलाई फाले र पछि पुन मैदानमा लडन पुगे । यस्तै किर्तीपुरमा भएको इपिएलमा मोहम्मद आशिफ शेखले बनाएको सतकलाई सम्झदै कप्तानले हु कियर्स नामक लेख पनि लेखेका छन । यो लेखमा उनले आशिफका साथै सन्दिप लामिछानेको चर्चा गरेका छन । यस्तै विनोद भण्डारी कुवेत विरुद्ध प्रहार गरेको छक्कालाई पनि सम्झेका छन ।

यतिमात्र होइन अन्डर नाइन्टिन खेलाडी दिपेन्द्र सिंह ऐरी एशिया कपमा बनाएको ९० रनको पारीलाई पनि प्रसंसा गरेका छन । यस्तै नामिविया विरुद्ध किर्तीपुर मैदानमा हात पारेको जीत र दर्शकले देखाएको उत्साहबाट उनि भावुक लेख खेलेका छन । तर त्यसैमा उनले क्रिकेटको पछिल्लो अवस्थालाई समाधान गर्न कसैले वास्ता नगरेको प्रसंगलाई पनि कोट्याएका छन । सबै मिलेर अगाडी बढे अझ धरै सफलता निकाल्न सकिन्छ भन्दै कप्तान खड्काले अन्तिममा यो देशमा कसैले पनि वास्ता गर्दैन भनेका छन ।

ब्यक्तिगत अनुभवका साथै क्रिकेटमा देखिएका विवाद, उत्साह र युवा खेलाडीलाई समेटेर आगमी दिनमा पनि उनका लेख हामीले यो ब्लगमा पढन पाउनेछौ । यदि तपाईहरुपनि उनका लेखलाई पढन चाहनुहन्छ भने यो लिङकमा क्लिक गर्न सक्नुहुन्छ ।

http://www.paraskhadka.com

Most Popular

To Top