International

ए बी डिभिलियर्सले दक्षिण अफ्रिकी टेष्ट टिमको कप्तानी त्यागे

चोटका कारण पछिल्लो पटक टिममा पर्न नसकेका दक्षिण अफ्रिकी खेलाडी ए बी डिभिलियर्सले टेष्टको कप्तानी त्यागेका छन ।

अष्ट्रेलिया विरुद्धको टेष्ट श्रीखला अघि क्यारेवियन प्रिमियर लिगमा चोट बोकेका कारण टिममा स्थान बनाउन नसकेपछि फाफ डुप्लिसिसलाई कप्तानी दिएको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले अब डुप्लिसिसलाई नै पुर्ण रुपमा कप्तानीका जिम्मेवारी दिने भएको छ । हातको एल्बोको सल्यक्रिया भएका कारण श्रीलंका विरुद्ध हुन लागेको तीन टेष्टमा पनि डिभिलियर्सलाई टिममा राखिएको छैन ।

जसका कारण डिभिलियर्सले संघलाई कप्तानी त्यागेको जानकारी गराएका छन । डिभिलियर्सलाई पुर्ण रुपमा निको हुन अझै चार हप्ता लाग्ने बताइएको छ । यति त्यसो हुन सकेमा उनले जनेवरीमा हुने एक दिवसिय खेलका लागि टिममा आउन सक्नेछन । अहिलेसम्म एक सय छ टेष्ट खेलेका डिभिलियर्सले आठ हजार ७४ रन बनाएका छन । जसमा २१ सतक र ३९ अर्धतसक रहेका छन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top