International समाचार

पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया ३९ रनले विजयी, श्रीखंलामा एक शुन्यको अग्रता


पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया ३९ रनले विजयी भएको छ । जीतसंगै अष्ट्रेलियाले तीन खेलको श्रीखंलामा एक शुन्यको अग्रता बनाएको छ ।

ब्रिसबेन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा चार सय २९ रन बनाएको थियो । उसका लागि कप्तान स्भिट स्मिथले एक सय ३० तथा पिटर ह्यान्डसकोम्बले एक सय पाच रनको योगदान गरे । यस्तै मेट रेन्सले ७१ रनको पारी खेले ।

जवाफमा पाकिस्तान पहिलो पारीमा मात्र एक सय ४२ रनमा अलआउट भएपछि अष्ट्रेलियाले दुई सय ८७ रनको अग्रता बनायो । पाकिस्तानका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सरफराज अहमदले ५९, सामी अस्लामले २२ तथा मोहम्मद आमीरले २१ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोस हेजलहुड र ज्याक्सन बर्डले तीन तीन विकेट लिए ।

दोस्रो पारीमा अष्ट्रेलियाले थप दुई सय दुई रन थप्दै पाकिस्तानलाई चार सय ९० रनको लक्ष्य दियो । दोस्रो पारिमा अष्ट्रेलियाका लागि अस्मन ख्वाजाले ७४ तथा कप्तान स्मिथले ६३ रन बनाए ।

ठुलो लक्ष्य पक्ष्याएको पाकिस्तानले अष्ट्रेलियालाई बलियो चुनौती दिएको थियो । तर अन्तिम दिन चार सय ५० रनमा अलआउट हुदा ३९ रनको हार ब्यहोर्न बाध्य भयो । पाकिस्तानका लागि दोस्रो पारीमा आसाद सफिकले एक सय ३७ तथा अजर अलीले ७१ रनको पारी खेले । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले चार तथा ज्याक्सन बर्डले तीन विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News