अण्डर नाइन्टिन एशीया कपमा नेपालद्धारा भारतलाई एक सय ७३ रनको लक्ष्य

श्रीलङकामा जारी अण्डर नाइन्टिन एशीया कपमा नेपालले भारतलाई एक सय ७३ रनको लक्ष्य दिएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ७२ रन बनाएको हो । साविक विजेता भारत विरुद्ध नेपालले सुरुवात भने राम्रो गर्न सकेन । ३६ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ५१ रन बनाउदा पाच विकेट खेर फालेको थियो ।

एक सय सात रन हुदा सात विकेट गुमाएको नेपालको पारीलाई रोहित कुमारले उकासेका थिए । उनले दिपेन्द्र ऐरीसंग गतिलो साझेदारी गर्दै नेपाललाई एक सय ५० रनको आकडा पार गराएका थिए । भारतीय बलर विरुद्ध अन्तिम ओभरमा २४ रन प्रहार गरेका रोहितले अविजीत ६८ रन बनाए । यस्तै दिपेन्द्र ऐरीले ३४ तथा आसिफ सेखले १८ रनको योगदान गरे । यस्तै प्रकाश केसीले १३ रन जोडे । भारतका लागि राहुल चाहरले पाच विकेट लिए ।

Comments:

comments

About the author

News Staff