अण्डर नाइन्टिन एशीया कप क्रिकेटमा नेपालको सान्त्वना जीत, मलेसिया एक विकेटले पराजित

श्रीलङकामा जारी अण्डर नाइन्टिन एशीया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जीत निकालेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई एक विकेटले हराउदै जीतका साथ प्रतियोगिता टुङग्याएको छ ।

श्रीलंकाको कोलम्बोमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा अलआउट हुदै एक सय ५३ रन बनायो । तेस्रो ओभरको अन्तिम बलमा रोहित पौडेलले ओपनर अब्दुल रहमानलाइ ब्यक्तिगत आठ रनमा आउट गर्दै नेपाललाइ पहिलो सफलता दिलाएका थिए । चौथो ओभरमा अर्का ओपनर मोहम्मद यतिमलाइ पनि दिपेन्द्र ऐरीले एक रनमा पेभेलियनको बाटो देखाए ।

एघार रनमा खेलिरहेका सैफुल मल्लिकलाइ ऐरीले रन आउटको शिकार बनाउदै नेपाललाइ तेस्रो सफलता दिलाए । आदिल खानले तीन विकेट लिए भने संदिप लामिछाने र शुभांकर उराउको नाममा एक एक् विकेट रह्यो । मलेसियाका लागि भिरनदिप सिंहले ७५ रन बनाए । एकपछि अर्को विकेट गुमाएको मलेसिया अन्तत एक सय ५३ रनमा अलआउट भयो । जारी प्रतियोगितामा पहिलो जीतको खोजिमा रहेको नेपालका लागि बलिङ तर्पm आदिल खानले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

जवाफमा नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन । ६ रन हुदा दुई विकेट खेर फालेको नेपालले ६२ रन बनाउदा महत्वपुर्ण चार विकेट गुमायो । त्यसपछि ८० रन हुदा छ विकेट खेर फालेको नेपालको मध्यक्रमका खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । नेपालका लागि अविनाश कर्णले २९ रन बनाउदा दिपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । यस्तै रोहित पौडेलले १२ र अनिलकुमार शाहले ३२ रनको पारी खेले भने पवन सराफले अविजीत २९ रन बनाए ।

नेपाल र मलेसिया विचको खेलका केहि तस्विरहरु

Comments:

comments

About the author

News Staff

Latest News