Nepal U19 Cricket

अन्डर नाइन्टिन एशियाकपमा नेपालले आज श्रीलंकासंग खेल्दै

एसीसी अन्डर नाइन्टिन एशियाकप अन्तर्गत नेपालले आज घरेलु टिम श्रीलंकासंग खेल्दैछ ।

श्रीलंकाको कोलम्बोमा हुने खेल नेपाली समय अनुसार विहान साढे नौ बजे हुनेछ । करीव दुई साताको तयारीका साथ श्रीलंका पुगेको नेपाली टिमले तयारी पुरा गरेको छ । श्रीलंका र नेपाल एशिया कपमा पहिलो पटक खेल्न लागेका हुन । टेष्ट मान्यता राष्ट विरुद्धको पहिलो खेल नेपाली टिमका लागि सजिलो भने हुने छैन । अधिकांस नया खेलाडी रहेको नेपाली टिमका प्रशिक्षक विनोद दाशले भोलीको पिचको अवस्था हेरेर टिम तयार पार्ने बताए ।

साथै उनले श्रीलंकाको पिच स्पिनरलाई साथ दिन खालको भएकाले कम्तिमा तीन जना मुख्य स्पिनर उतार्ने तयारी गरेको बताए । यसका साथै श्रीलंका विरुद्ध राम्रो चुनौती लिने उनको भनँई छ । प्रतियोगितामा सेमिफाइनल पुग्ने लक्ष्य राखेको नेपाली टिमलाई अन्तराष्ट्रिय अनुभवको कमिले भने खडकाउने छ ।

कोलम्बोमा नेपाली टिमको अन्तिम तयारीका तस्विरहरु


Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top