अन्डर नाइन्टिन क्रिकेट टिमको तयारी पुरा, समुह चरण पार गर्ने –विनोद दाश

श्रीलंकामा हुने एशिया कपका लागि नेपाली अन्डर नाइन्टिन क्रिकेट टिमले तयारी पुरा गरेको छ । नया खेलाडीको बाहुल्यता रहेको टिमका प्रशिक्षक विनोद दाशले यसपटक समुह चरण पार गर्नेमा विश्वस्त रहेको बताए ।

किर्तीपुरस्थित टियु मैदानमा करिव दुई साताको प्रशिक्षणपछि टिम तयार भएको हो । सन्दिप लामिछानेको कप्तानीमा रहेको टिम सन्तुलित रहेकाले राम्रो नतिजाको आशा गरेको प्रशिक्षक दाशको भनाई छ । अभ्यास क्रममा फिजिकल फिटनेसलाइ बढी ध्यान दिइएको प्रशिक्षक विनोद दासले बताएका छन् । दुई साताको ट्रेनिङ छोटो भएपनि तयारी राम्रो गरेकाले सोही अनुरुपको प्रदर्शनको आशा गरेको प्रशिक्षक दासले बताएका छन् ।

यसपटकको युवा टिममा बलिङ र ब्याटिङको सन्तुलन मिलेकाले समुह चरण पार गर्दै सेमीफाइनलमा पुग्ने लक्ष्य टोलीको छ । म्याचमा पर्फममेन्स राम्रो गर्नसके जुनसुकै टिमलाई पनि हराउन सक्ने कप्तान संदीप लामिछाने बताउछन् ।

केही दिन अगाडी किर्तीपुर मैदानमा अभ्यासका क्रममा आर्मी र पुलिसको टिमसंग खेलेका दुई दुई म्याच मध्ये तीनवटामा यु–१९ टिमले जीत हातपार्न सफल भएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News