अन्डर नाइन्टिन एशिया कपका लागि नेपाली खेलाडीको विदाई

श्रीलंकामा हुने अन्डर नाइन्टिन एशिया कपका लागि नेपाली टिम भोली त्यसतर्फ प्रस्थान गर्दैछ । करीव दुई साताको प्रशिक्षण पछि श्रीलंका जान लागेको नेपाली टिमको लक्ष्य सेमिफाइनल पुग्ने रहेको छ ।

अधिकांस नया खेलाडीको बाहुल्यता रहेको नेपाली टिमलाई आज राखेपका सदस्य सचिव केशव विष्टले खेलाडीलाई बिदाइ गर्नुभएको हो । कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले जित्ने लक्ष्यका साथ श्रीलंका जान लागेको बताएका छन् । प्रतियोगितामा भाग लिन नेपाली टोली भोलि श्रीलंका जाँदै छ । नेपालले आगामी बिहीबार आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ए मा नेपालसगै, श्रीलंका, भारत र मलेसिया छन् ।

सन्दिप लामिछानेसगै टिममा मोहम्मद आसिफ, रविन्द्र जंग शाही, आदिल खान, भीम सार्की, अनिल कुमार साह, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, सुवर्णाकार उराव, सन्दिप सुनार, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, रोहित कुमार पौडेल, अविश कर्ण छन् । टिम प्रशिक्षक विनोद दास छन् । यस्तै प्रशिक्षक जगत टमाटा पनि टिमसंग श्रीलंका जादैछन ।

करीव एक साता देशभरबाट ट्यालेञ्ट हन्ट मार्फत खेलाडी छानेर यसपटक टिम बनाइएको हो । जसमा यसअघि अन्डर नाइन्टिन क्याम्पमा परेका पाच खेलाडी बाहेक बाकि नया अनुहार रहेका छन । प्रशिक्षक विनोद दाशले पछिल्लो पाच बर्षमा यो पटक उत्कृष्ट टिम बनेको यसअघि नै बताइसकेका छन । तर नया खेलाडीलाई चाहिने म्याच एक्पोजर भने छोटो समयका कारण उपलब्ध हुन सकेन ।

 

अन्डर नाइन्टिन खेलाडीको विदाई कार्यक्रम

Comments:

comments

About the author

News Staff

Latest News