Nepal U19 Cricket

श्रीलंका विरुद्ध बहादुरी प्रदर्शन गरेको नेपाली युवा टिमलाई श्रीलंकन क्रिकेट बोर्डले यसरी सम्मान गर्यो ।

श्रीलंकामा भएको एसीसी अन्डर नाइन्टिन एशिया कपमा समुह चरणबाट बाहिरीएपछि घर फर्किने तयारीमा रहेको नेपाली युवा टिमलाई श्रीलंकन क्रिकेट बोर्डका अध्यक्ष थिलङगा सुमाथिपालाले अभ्यास सामाग्रि प्रदान गरेका छन ।

कोलम्बोमा भएको समुहको पहिलो खेलमा घरेलु टिम विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि एक रनको झिनो हार ब्यहोरेको नेपाली टिमलाई सम्मान स्वरुप श्रीलंकन क्रिकेट संघले किट्स प्रदान गरेको हो । आफनो टिम विरुद्ध देखाएको प्रदर्शनलाई संघले उच्च सम्मानका साथ लिएको अध्यक्षको भनँई छ । नेपाली युवा टिमलाई अभ्यासका लागि चाहिने महत्वपुर्ण सामाग्रि सो किट्सब्यागमा रहेको बताइएको छ । कार्यक्रममा नेपाली युवा टिमका साथै श्रीलंकाका पुर्व एयरफोर्स पाइलटको पनि सहभागिता रहेको थियो । हरौ सो सम्मानका केहि तस्विरहरु

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top