एशीया कप महिला क्रिकेटमा नेपालले जीतका लागि एक सय २१ रनको लक्ष्य

थाइल्याण्डमा जारी एशीया कप महिला क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले जीतका लागि एक सय २१ रनको लक्ष्य पाएको छ ।

बैङकक स्थित एशीयन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारचले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २० रन बनाएको छ । सुरुवातमै कप्तान रुविना क्षेत्रीले भारतका दुइ विकेट लिदै नेपाललाइ सफलता दिलाएकी थिइन् । उनले भिलासवामी भनिथालाइ २१ र मेघनालाइ चार रनमा आउट गरेकी थिइन् ।

तर शिखा पाण्डेले आक्रमक ब्याटिङ गर्दै अविजीत ३९ रन बनाएपछि भारतले नेपाल सामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतका लागि अनुजा पाटिलले १६ र मुजहात परविनले १३ रनको योगदान दिए । नेपालका सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिए । जारी प्रतियोगितामा यसअघि खेलेका चारै खेलमा हार बेहोरेको नेपाल सान्त्वना जीतको खोजीमा रहेको छ । भारत जारी प्रतियोगितामा शत प्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो ।

Comments:

comments