महिला क्रिकेटको खराव नतिजाका कारणहरु जसले नकारात्मक किर्तीमान बनायो ।

एसीसी महिला एशिया कप क्रिकेटमा नेपाली क्रिकेट टिमले लज्जास्पद रुपमा एकपछि अर्को हार ब्यहोर्दै घर फर्किने भएको छ । क्रिकेटमा जहिले पनि धरैजसो रेकर्ड सकारात्मक रुपमा हुने गर्छन । नकारात्मक रेकर्ड विरलै रुपमा हुन्छन । तर आठ बर्षपछि एशिया कप खेलेको महिला क्रिकेटले भने एक पछि अर्को नकारात्मक किर्तीमान बनायो । चाहे त्यो कुनैपनि खेलमा पुरै २० ओभर खेल्न नसक्नु होस या महिला क्रिकेटको इतिहासमा कम रन बनाउने आफनो किर्तीमान तोड्नु । खेल हो जे पनि हुन सक्छ भन्ने भनाई नेपाली महिला क्रिकेटका लागि लागु त भयो तर नकारात्मक रुपमा ।

यो एशिया कपमा महिला टिमको खराव प्रदर्शनका मुख्य पाच कारणलाई क्रिकनेपालले औल्याएको छ । के के हुन त ती पाच कारण ।

१. प्रतियोगिताको तयारी अघि नै खेलाडी र प्रशिक्षकको मानसिक तनाव–

एशिया कप अघि सञ्चार माध्यमा महिला टिमलाई यौनदुर्वहार आरोप लाग्यो, त्यसले खेलाडी र प्रशिक्षकलाई मानसिक रुपमा पुर्ण दबावमा पार्यो । बल्ल बल्ल तयारीमा लागेका खेलाडीलाई सो घटनाले तयारीमा पनि निकै असर गर्यो ।


२. फितलो तयारी–

कुनैपनि प्रतियोगिताका लागि कम्तिमा दुई महिना नियमित प्रशिक्षण र अभ्यास खेलको आवश्यकता हुनुपर्ने बेला नेपाली महिला टिम टिक उल्टो अवस्थामा रह्यो । खेलाडीको प्रशिक्षणलाई कसैले पनि वास्ता गरेन । अन्तिम दुई सातामा १२ दिन खेलाडीले मैदानमा प्रशिक्ष्ँणको मौका पाए त्यो पनि प्रशिक्षण गरे भन्नका लागि मात्र । न त्यो प्रशिक्षणमा विशेष किसिमको खेल थियो न त म्याच एक्पोजर नै । त्यसको नतिजा एशिया कपमा देखियो ।

३. खेलाडीमा मानसिक दबाव–

तयारी राम्रो नभएपनि नतिजाको अपेक्षा गर्नेबानि सबैमा रहेको छ । यस्तै अवस्थामा महिला टिम थाइल्याण्ड पुग्यो । लगातार रुपमा एकपछि अर्को खेल हार्दै जादा खेलाडी मानसिक रुपमा दबाव पर्न पुगे र आफनो लेवलको थाइल्याण्ड टिमसंग पनि आठ विकेटको हार ब्यहोर्यो । जुन देशमा क्रिकेटको समाचार विरलै बन्छ त्यो देशले घरेलु मैदान र नेपाली खेलाडीको मानसिक दबावका फाइदा उठाउन सफल भयो ।

४. प्रशिक्षकले खेलाडी परिवर्तन गर्न नसक्नु–

प्रशिक्षक राजु बस्न्यातले सुरुवाती दुई खेलमा एउटै टिमलाई मैदानमा उतारे, यतिमात्र होइन ओपनिङ जोडीले खराव खेल्दैछ भन्ने थाहा हुदा हुदै पनि त्यो जोडीलाई परिवर्तन गर्न सकेनन । यसका साथै हार्डहिटर नेरी थापालाई ब्याटिङमा तेस्रो नम्वरमा ल्याएको खण्डमा टिममा केहि हुने थियो की भन्ने क्रिकेट विश्लेशक भन्छन । त्यसमा पनि नेपालको कमजोर ब्याटिङ यसपटक झन कमजोर देखियो । अरु प्रतियोगितामा राम्रो देखिएको बलिङ यसपटक पुरै रुपमा फलप बन्यो ।

५. महिला खेलाडीले खेल्ने प्रतियोगितामा ग्याप–

बर्षमा एक पटक घरेलु प्रतियोगिता खेल्ने महिला खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिता दुई बर्षमा एक पटक खेल्न पाउछन । महिला क्रिकेटका लागि घरेलु संरचना राम्रो भएको खण्डमा राम्रा खेलाडी उत्पादनका साथै नतिजामा पनि केहि आशा गर्न सकिन्छ । छ सात बर्ष अगाडीसम्म महिला खेलाडी अन्तराष्ट्रिय स्तरमा राम्रै मानिन्थ्यो किनकी सो बेला टिमले अन्तराष्ट्रिय प्रतियोगितामा खालि हुनुपरेको थिएन । सो बेला सजिलै रुपमा हराउने देश आज नेपाललाई सहजै रुपमा हराउन थालेका छन । अरु देशले महिला क्रिकेटलाई योजनाबद्ध रुपमा अगाडी बढाउदा नेपालमा भने कवाडीको भाउमा महिला क्रिकेट पुग्न गयो ।

महिला क्रिकेट दिनप्रतिदिन कमजोर हुदै जानुमा यी बाहेकपछि धरै कारण रहेका छन । तर कारण खोतल्ने भन्दापनि कसरी विकाश गर्नेभन्नेमा ध्यान दिन निकै आवश्यक रहेको छ । त्यसो हुन नसकेको खण्डमा नेपालमा महिला क्रिकेट पनि थियो की भन्ने खोज्नु नपरोस ।

Comments:

comments

Latest News