चौका विवादमा एपीएफले खेल त्याग्यो, महिला क्रिकेटको स्वर्ण पूर्वाञ्चललाई

अम्पायरको विवादास्पद निर्णयसँगै सशस्त्र प्रहरीको एपीएफले खेल त्यागेपछि महिला क्रिकेटको उपाधि पूर्वञ्चाललाई दिने घोषणा गरिएको छ ।

६५ रनको लक्ष्य पछ्याएको एपीएफलाई जितका लागि अन्तिम १२ बलमा १३ रन चाहिएको थियो र, २ विकेट हात थियो । एपीएफकी रितु कनौजिया क्रिजमा थिइन् भने पूर्वाञ्चलकी कप्तान कविता गौतमको बलिङमा । सुरुको बलमा डर्ट खेलेकी रितुले तेस्रो बलमा चौका हानिन् । चौथो बल पनि रितुले चौका गएको दिशामा पठाइन् ।बाउन्ड्री नजिकै रहेकी पूर्वाञ्चलकी अप्सरा बेगमले सहज ड्रप गरिन् ।

उनको औलामा लागेको बल बाउन्डी रोप छेउमा पुग्यो । उनले खुट्टाले बल रोकेर आफू बाउन्डी बाहिर पुगिन् र फर्किएर बल क्रिजमा फलिन् । बललाई रोक्ने क्रममा उनको खुट्टाले छोए नछोएको हेर्ने थर्ड एम्पायर थिएनन् । र, एम्पायरले फिल्डरको भर पर्नुको विकल्प रहेन । पूर्वाञ्चलकी अप्सराले चौका नभएको बताइन् । र, अम्पायरले त्यही निर्णय सुनाए । त्यसपछि एपीएफले दुई बल खेल्यो र, दुबै बल वाइड भयो । त्यसपछि खेलमा विवाद सुरु भयो र आधा घन्टा रोकियो ।

अम्पायरले खेलमा फर्किन एपीएफका खेलाडीहरुलाई ५ मिनेटको समय दिए तर, ब्याट्सम्यान पिचमा गएनन् । र, अम्पायर अधित प्रधानले पूर्वाञ्चल ४ रनले विजयी भएको घोषणा गरे । एपीएफका कप्तान निरा राजोपाध्यायले आफूहरु रन बनाउन नसक्ने भएर नभई सत्यको पक्षमा उभिएर मैदान गएको बताइन् । तर, पूर्वाञ्चलले भने चौका विवादपछि दुई बल खेलिसकेको भन्दै एपीएफको तर्क उचित नभएको बताएको छ । खेलपछि एपीएफले रकत पदक समेत बहिस्कार गरेको छ ।

Comments:

comments

Latest News