पाकिस्तानलाई हराएको चार दिन पछि अष्ट्रेलिया को संग हार्नपुग्यो?

अष्ट्रेलिया विरुद्धको पहिलो एक दिवसिय खेलमा न्यूजिल्याण्ड ६ रनले विजयी भएको छ । जितसंगै न्यूजिल्याण्डले तीन खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

न्यूजिल्याण्डको अकल्याण्ड स्थित इडेन पार्कमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय ८६ रन बनायो । न्यूजिल्याण्डका लागि निल ब्रुनले ७३ तथा मार्टिन गुप्टिलले ६१ रन बनाए । यस्तै जेम्स निसामले ४८ र कप्तान केन विलियम्सनले २४ रन जोडे । बलिङ तर्फ अष्ट्रेलियाका लागि मार्कुस स्टोनिसले तीन तथा पाट कुमिन्सले दुई विकेट लिए ।


जवाफमा अष्ट्रेलिया ४७ ओभरमा दुई सय ८० रनमा अलआउट भयो । उसका लागि मार्कुस स्टोनिसले एक सय ४६ तथा पाट कुमिन्सले ३६ रन बनाएपनि बाकि खेलाडीले राम्रो खेल्न सकेनन । राम्रो फर्म रहेका डेविड वार्नर र चोटका कारण टिममा नपरेका कप्तान स्टिभ स्मिथ विना नै मैदानमा उत्रिएको अष्ट्रेलियालाई कम स्कोरमा रोक्न मिचेल सान्तानेरले तीन तथा टे«न्ट बोल्ट र लोकी फर्गुसनले दुई दुई विकेट लिए । पाकिस्तान विरुद्धको पाच खेलको श्रृखला चार एकले जितेको चार दिन पछि नै अष्ट्रेलिया पराजित भएको हो ।

Comments:

comments

About the author

News Staff

Latest News