पाकिस्तान विरुद्ध अष्ट्रेलिया सात विकेटले विजयी, श्रृखलामा दुई एकको अग्रता

पाकिस्तान विरुद्धको तेस्रो एकदिवसिय खेलमा अष्ट्रेलिया सात विकेटले विजयी भएको छ । जितसंगै अष्ट्रेलियाले पाच खेलको श्रृखलामा दुई एकको अग्रता बनाएको छ ।

पर्थमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारीत ५० ओभरमा सात विकेट गुमाउदै दुई सय ६३ रन बनायो । पाकिस्तानका लागि बबर अजमले ८४ तथा सरजील राखले ५० रन बनाए । यसतै सोयव मलिक र उमर अकमलले समाना ३९–३९ रनको योगदान गरे । बलिङ तर्फ अष्ट्रेलियाका जोस हेजलहुडले तीन विकेट हात पारे ।

जवाफमा अष्ट्रेलियाले ४५ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । घरेलु टिमको जितमा कप्तान स्टिभ स्मिथले अविजीत एक सय आठ रन बनाए । यस्तै यसै खेलमा डेब्यु गरेका पिटर ह्यान्डसकोम्बले ८२ रनको योगदान गरे । यी दुई टिम विचको चौथो खेल आइतबार हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News