अष्ट्रेलियाद्धारा पाकिस्तान विरुद्धको श्रृखलामा कब्जा

पाकिस्तान विरुद्धको चौथो एकदिवसिय खेलमा अष्ट्रेलिया ८६ रनले विजयी भएको छ । जितसंगै अष्ट्रेलियाले पाच खेलको श्रृखला तीन एकले आफनो पक्षमा पारेको छ ।

अष्ट्रेलियाको सिडनी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा तीन विकेट गुमाउदै तीन सय ५३ रन बनायो । उसका लागि डेविड वार्नरले सतक प्रहार गर्दा ग्लेन म्याक्सवेलले विस्फोटक ७८ रन बनाए । पछिल्लो पटक राम्रो फर्ममा रहेको वार्नरले एक सय ३० रनको पारी खेले । म्याक्सवेलले ४४ बलमा ७८ रन बनाउदा कप्तान स्टिभ स्मिथले ५९ तथा ट्रभिस हेडले ५१ रन जोडे । बलिङ तर्फ पाकिस्तानका हसन अलीले पाच विकेट लिए ।

जवाफमा पाकिस्तान ४३ ओभर पाच बलमा दुई सय ६७ रनमा अलआउट भयो । पाकिस्तानका सरजिल खानले ७४ तथा सोयब मलिकले ४७ र मोहम्मद हफिजले ४० रन बनाएपनि बाकि खेलाडीले राम्रो खेल्न सकेनन । जसका कारण पाकिस्तानले श्रृखला गुमाउन पुग्यो । पाकिस्तानलाई कम स्कोरमा रोक्न जोस हेजलहुड र आदम जाम्पाले तीन तीन विकेट लिए ।

Comments:

comments

About the author

News Staff