International Nepal Cricket समाचार

वार्नर र हेडले बनाए यस्तो किर्तीमान

पाकिस्तान विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलियाले ३६९ रन बनाउदा ओपनिङ जोडी डेविड वार्नर र ट्राभिस हेडले पहिलो विकेटका लागि नया किर्तीमान बनाएका छन ।

एडिलेडमा जारी खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका ओपनरद्धय वार्नर र हेडले पहिलो विकेटका लागि २८४ रनको साझेदारी गर्दै नया किर्तीमान बनाए । यो साझेदारी अष्ट्रेलियन ब्याट्सम्यानले गरेको सर्वाधिक ठुलो हो भने विश्व क्रिकेटमा दोस्रो ठुलो हो । यसअघि २००६ को जुलाईमा इग्ल्याण्ड विरुद्ध सनथ जयसुर्या र उपल थरङगाले पहिलो विकेटका लागि २८६ रनको साझेदारी गरेका थिए ।

तर वार्नर र हेड दुई रनले चुक्दा विश्वक किर्तीमान बनाउनबाट पछि परे । वार्नरले १७९ र बनाए भने हेडले १२८ रन जोडे । यसअघि अष्ट्रेलियनले गरेको ठुलो साझेदारी दुई सय ६० रनको थियो । २०१५ को विश्वकपमा अफगानिस्तान विरुद्ध वार्नर र हालका कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि यो साझेदारी गरेका थिए । करियरमा १३ औ सतक प्रहार गरेका वार्नर दोहोरो सतकबाट भने चुक्न पुगे ।

यस्तै अष्ट्रेलियन खेलाडीको ब्यक्तिगत उच्च स्कोर बनाउनबाट पनि छ रनले पछि परे । २०११ मा बंगलादेश विरुद्ध सेन वाटसनले बनाएको एक सय ८५ रन पार गर्न वार्नस असफल बने ।

डेविड वार्नरले १७९ रनको पारी यसरी खेल हरौ भिडियो

Comments:

comments

About the author

News Staff

Latest News