समाचार

ब्याट एण्ड बल फाउण्डेशनको उद्घाटन

ग्रासरुट देखी नेपाली क्रिकेटको विकास गर्ने उदेश्यले ब्याट एण्ड बल फाउण्डेशन बि टु एफ नामक संस्थाको उदघाटन भएको छ । फाउण्डेशनले सन २०१८ सम्ममा आफ्नै क्रिकेट एकेडेमी र मैदान बनाउने लक्ष्य राखेको छ ।

बसन्त चौधरी फाउण्डेशन अन्तर्गत रहेको बि टु एफको आज राजधानीमा श्रीलङकाका पुर्व प्रशिक्षक डेभ वाटमोरले उद्घाटन गरे । वाटमोर सहित राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का , पुर्व कप्तान विनोद दास लगायतले नेपालको नक्सामा हस्ताक्षर गरेपछि नेपालमा यसको औपचारिक सुरवात भएको छ । फाउण्डेशनको कार्यकारी निर्देशक नेपाल क्रिकेट सघंकी पुर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे हुन् । बिश्व क्रिकेटका चर्चित नाम बन्दुला वार्नापुरा लगायतका ब्यक्तिहरु पनि फाउण्डेशन संग आवद्ध रहेका छन । यसले नेपाली क्रिकेट खेलाडीलाइ धेरै भन्दा धेरै म्याच एक्सापेजर र नया खेलाडीलाइ उचित प्यालफर्म दिने उदेश्य राखेको छ ।

फाउण्डेशनले अस्ट्रेलियाको सिडनी क्रिकेट एकेडेमी संग पनि सहकार्य गर्ने बताएको छ । सिड्नी संगको सहकार्यमा हस्ताक्षर मात्र हुन बांकी रहेको अध्यक्ष शाक्यले जानकारी गराए । फाउण्डेशनले पहिलो कार्यक्रम अन्तर्गत सन १९९६ मा श्रीलङकालाइ बिश्वकप जिताएका प्रशिक्षक वाटमोरलाइ नेपाल ल्याएको हो । उनले दुइ दिन नेपाली प्रशिक्षकका लागि कोचिङ क्लिनिक सचालन गर्नेछन । २५ जनवरी देखी फेब्रुअरी पांच सम्म केन्या व्रिद्धको खेलका लागि बन्द प्रशिक्षणमा रहेका ३२ जना खेलाडीलाइ हाइ फरफमेन्स प्रोगाम अन्तर्गत प्रशिक्षण दिनेछन ।

अहिले नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपको पांचौ चरणको खेल अन्तर्गत केन्या विरुद्धको खेलको तयारमिा रहेको छ । नेपाल र केन्या बीचको खेल घरेलु मैदानमा मार्च ११ र १३ मा हुनेछ । कप्तान पारस खड्काले बिश्व क्रिकेटका एक उत्कृष्ट प्रशिक्षक संग अभ्यास गर्न पाउदा सवै खेलाडी उत्साहित भएको र धेरै कुरा सिक्ने अवसर प्राप्त हुन बताए ।

Most Popular

To Top