दृष्टीविहिन ट्वान्टी ट्वान्टी क्रिकेट, नेपालद्धारा अष्ट्रेलियासामु एक सय ४४ रनको लक्ष्य

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले अष्ट्रेलियालाई एक सय ४४ रनको लक्ष्य दिएको छ ।

दिल्लीको द्धार्का स्थित दिल्ली बिकास प्राधिकरणको मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४३ रन बनायो । फितलो सुरुवात गरेको नेपालले १७ रन हुदा दुई विकेट गमाएको थियो । लोकबहादुर थापाले एक रन बनाउदा पदमबहादुरले दुई रन बनाए । त्यसपछि २६ रन हुदा नेपालले तेस्रो विकेट गुमायो । यसपटक सुनिल थापामगर १२ रनमा आउट भए ।

त्यसपछि थप ११ रन जोडदा नेपालले थप दुई विकेट गुमायो । अब्दुल जाहिद फाकिर दुई रनमा पेभेलियन फर्किए भने सुनिलराना मगर पाच रनमा आउट भए । नेपालका लागि सुनिल सुवेधी क्षेत्रीले ३४ तथा क्रितन श्रेष्ठ दुवालले २९ र रमेशबहादुर बानियाले १८ रन बनाए ।

नेपालले ३८ अतिरीक्त रन पाएको थियो । बलिङ तर्फ अष्ट्रेलियाका लािग मार्क आशिक हस्केट र डेविड जेफ्रिले दुई दुई विकेट लिए । ट्वान्टी विश्वकपमा दोस्रो पटक अष्ट्रेलियासंग खेलिरहेको हो । २०१२ मा भारतमा नै भएको खेलमा नेपाल अष्ट्रेलियासंग सात विकेटले हारेको थियो ।

दृष्टीविहिन विश्वकप क्रिकेटको लाइभ अपडेटका लागि यहा क्लिक गर्नुहोला
https://www.crichq.com/#fixtures/558234/1st_innings

Comments:

comments

About the author

News Staff

Latest News