समाचार

नेत्रहिन टी ट्वान्टी बिश्वकप टीममा को को परे हरौ

माघ १३ गते देखी भारतमा हुने नेत्रहिन ट्वान्टी ट्वान्टी बिश्वकपका लागि नेत्रहिन क्रिकेट संघ नेपालले टोलीको घोषणा गरेको छ ।

संघले बिज्ञप्ती जारी गर्दै नेत्रहीन ट्वान्टी ट्वान्टी बिश्वकपका लागि १४ खेलाडीको नाम सार्वजनिक गरेको हो । छनौट भएका खेलाडीमा बि वानमा विक्रम बहादुर राना, सुनिल सुवेदी क्षेत्री, जीवन गुरुङ, अब्दुल जाहिद र भरत चौलागाइ छन । यस्तै बि टु मा दुर्गादत्त पौडेल, शोभराम डांगी, सुनिल राना र बद्रि चौलागाई तथा बी थ्रि मा कृतन श्रेष्ठ दुवाल, सुनिल थापा मगर, रमेश बहादुर बानिया, शंकर रेग्मी र पदम बडोला रहेका छन ।

दृष्टिबिविहन क्रिकेटमा तीन प्रकृतिका खेलाडी समावेश हुन्छन । जसमा बी वान भन्नाले पुर्ण दृष्टिबिहिन, बि टु भन्नाले पांच मिटर र बि थ्रि भन्नाले बीस मिटर सम्म केही बस्तु छ भनेर देख्न सक्ने खेलाडी भन्ने बुझिन्छ । मंसिर २१ देखी २४ गते सम्म काठमाडौंमा भएको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बाट बिश्वकप खेल्ने टोली तयार गरिएको हो ।

फागुन एक गते सम्म चल्ने बिश्वकपका लागि पुष २७ गते बाट भक्तपुरमा खेलाडीलाइ बन्द प्रशिक्षणमा राखिने संघले जानकारी दिएको छ । बिश्वकपमा नेपाल सहित, पाकिस्तान, बंगलादेश, श्रीलङका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इङल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्याण्ड र श्रीलङका सहभागी छन । दृष्टिविहिन बिश्वकप क्रिकेटको यो दोस्रो संस्करण हो ।

Comments:

comments

About the author

News Staff

Latest News