International

धोनीले छोडेपछि विराटलाई अर्को मौका

भारतीय क्रिकेट टिमका सफल कप्तान महेन्द्र सिंह धोनीले एकदिवशीय र ट्वान्टी ट्वान्टी क्रिकेटको कप्तानी छोड्ने घोषणा गरेका छन ।

कप्तानी छोडेपनि धोनीले एकदिवशीय र ट्वान्टी ट्वान्टी खेल भने खेल्नेछन । भारतीय क्रिकेट बोर्ड टिवटर मार्फत धोनीले कप्तानी बाट राजीनामा लिएको जानकारी दिएको हो । टेस्ट क्रिकेटको कप्तानी बाट भने धोनीले यसअघिनै राजीनमा दिएका थिए । उनी इङल्याण्ड विरुद्ध हुने एकदिवशीय र ट्वान्टी ट्वान्टी खेलको छनौटका लागि पनि उपलब्ध हुनेछन । अब धोनीको स्थान टेस्ट कप्तान बिराट कोहलीले लिने उच्च संभावना रहेको छ ।

३५ वर्षिय धोनी सन २००७ को सेप्टेम्बर देखी सिमित ओभरको कप्तान रहदै आएका थिए । उनको कप्तानीमा भारतले २००७ को ट्वान्टी ट्वान्टी बिश्वकप र २०११ को एकदिवशीय बिश्वकपको उपाधी जितेको थियो । यस्तै उनले २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधी पनि भारतलाइ जितएका थिए । धोनीले एक सय ९९ एकदिवशीय र ७२ ट्वान्टी टवान्टी क्रिकेट प्रतियोगितमा भारतीय टिमको नेतृत्व गरेका थिए । उनी भारतीय क्रिकेटको इतिहासमा तीनै फरम्याटको क्रिकेटमा सबैभन्दा सफल कप्तान मानिन्छन । धोनीको यो कदमलाइ क्रिकेट समिक्षकहरुले साहसिक निर्णय भएको प्रतिकृया दिएका छन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top