Dhangadhi Premier League

जगदम्बा इन्टरप्राइजेजले डिपिएललाई सात लाखको प्रायोजन

आउँदो चैत्र १८ गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)को एसाेसिएट प्रायोजक जगदम्बा इन्टरप्राइजेज प्रालिको उत्पादन जगशक्ति टिएमटी बार हुने भएको छ। त्यस्तै, प्रतियोगिताको डिस होम स्पोर्टस् च्यानलले लाइभ गर्ने भएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र डिस होमका पदाधिकारी बीच मंगलबार प्रतियोगिताको प्रत्यक्ष प्रशारणसम्बन्धी सम्झौता भएको छ। त्यस्तै, सोही कार्यक्रममा डिसिएले एसाेसिएट प्रायोजकका रुपमा जगशक्ति स्टिलसँग पनि सम्झौता गरेको हो।

सम्झौताअनुसार जगशक्तिले आयोजकलाई एसाेसिएट प्रायोजकका रुपमा सात लाख रुपैयाँ प्रदान गर्ने भएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै जगदम्बा इन्टरप्राइजेजका प्रबन्ध निर्देशक उदयप्रकाश मिश्रले प्रतियोगितासँग जोडिन पाउँदा आफुहरु उत्साहित रहेको बताएका छन्।

नेपाली खेलकुदको विकासको लागि निजी क्षेत्रले सहयोग गर्नु अपरिहार्य रहेको बताउँदै उनले आगामी दिनहरुमा पनि खेलकुदको विकासमा आफूहरुले निरन्तर सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन्।

त्यस्तै, डिपिएलको प्रत्यक्ष प्रशारण गर्ने सम्झौतामा हस्ताक्षर गर्दै डिस होमका प्रबन्ध निर्देशक कल्याण श्रेष्ठले आफूहरुले प्रतियोगिताको प्रत्यक्ष प्रशारणको तयारी सुरु गरिसकेको बताएका छन्।
सगरमाथा सिमेण्ट आगामी चैत्र ५ गते देखि धनगढीमा हुँदैछ। प्रतियोगितामा पहिलो पटक राष्ट्रियस्तरमा खेलाडीहरुको अक्सन गरिएको थियो।

Latest News

To Top