डिपिएलमा कुन टिम कस्ता ?

धनगढी प्रिमियर लिग (डिपिएल) का लागि नेपालमै पहिलाेपटक शनिबार राष्ट्रिय खेलाडीहरूकाे अक्सन गरियाे। सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे संयुक्त अायाेजनामा डिपिएल अाउँदाे चैत ५ गतेबाट धनगढीमा हुनेछ।

नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र्याउने प्रयासकाे सुरूवात भने गत वर्ष नै डिसिएले गरिसकेकाे हाे। डिसिएका अध्यक्ष सुवाश शाहीले धनगढी क्रिेकेट लिग (डिसिएल) मा कैलालीका विभिन्न पाँच वटा स्थानहरू चाैराहा, सन्ताेषीटाेल, क्याम्पसराेड, अत्तरिया र हसनपुरले खेलाडीहरू टिममा भित्र्याउन अक्सन प्रक्रिया गरेका थिए। जहाँ तत्कालीन यु-१९ का कप्तान राजु रिजाललार्इ सन्ताेषी टाेलले अाफ्नाे टिममा सर्वाधिक रकममा भित्र्याएकाे थियाे।

त्यतिबेला डिसिएलकाे अक्सन केही राष्ट्रिय खेलाडीहरूमा सीमित थियाे। तर, डिपिएलमा भने साेही अायाेजक टिमले दायरा फराकिलाे बनाएकाे छ। यसपटक देशभरिका राष्ट्रिय, श्रेत्रीय अनि स्थानीय खेलाडीहरूकाे अक्सन सम्पन्न गरिएकाे छ। जुन नेपाली क्रिकेटमा अत्यावश्यक व्यावसायिक पाइला हाे। यसले नेपाली भारतकाे इण्डियन प्रिमियर लिग (अाइपिएल) हाेस् या अष्ट्रेलियाकाे विगब्यास लिग सबै प्रतियाेगितामा यही पद्दति अबलम्बन गर्ने गरिन्छ।

अक्सनबाट खेलाडी भित्र्याउने परम्परालार्इ खेलमा उन्नत व्यावसायिक स्वरूप मानिन्छ। जुन ढिलै भए पनि नेपाली क्रिकेटमा बल्ल प्रवेश पाएकाे छ। यसले खेलाडीहरूलार्इ राम्राे पारिश्रमिकमा अनुबन्ध गराउनुका साथै उनीहरूमा प्रतिस्पर्धाकाे भावनाकाे विकास गराउछ। अर्कातिर अक्सनमा नकिनिएका खेलाडीहरूलार्इ अझै मेहनत गर्न प्रेरित गर्छ ताकि अागामी दिनमा उनीहरूकाे भाउ बढी लागाेस्।

डिसिएलकाे उपाधि बिजेता टिम चाैहारा, धनगढी र उपबिजेता अत्तरिया सहरका टाेलीहरूले यसपटक पनि डिपिएलमा सहभागिता जनाएका थिए। त्यस्तै, काठमाडाैं, रूपेन्देही, विराटनगर र कञ्चनपुर यसपटक थपिएर प्रतियाेगितालार्इ थप नयाँ उचार्इ दिएका छन्। प्रतियाेगिताका लागि अाफूहरूले निकै लामाे कसरत गरेकाे डिसिएका अध्यक्ष सुवाश शाही बताउँछन्।

‘यसअघि हामीले एसपिए कप (देशकै सर्वाधिक धनराशीकाे क्रिकेट प्रतियाेगिता) तथा डिसिएल जस्ता प्रतियाेगिताहरू सफलतापूर्वक अायाेजना गरिसकेकाे भएर पनि सबै सहरले अाफ्ना टिमहरू निर्माणमा सहयाेग पुर्याए,’ शाहीले भने।

छ सहरका टिमहरूले राष्ट्रिय खेलाडीहरूलार्इ अक्सन गरी टिममा भित्र्याउन झन्डै ५० लाख रूपैयाँ खर्च गरेका छन्। जुन सबै रकम खेलाडीहरूले प्रतियाेगिता खेलेवापत पाउने छन्। त्यसबाहेक अावास, यातायात, टिमलार्इ अावश्यक खेलकुद सामग्रीकाे व्यवस्था पनि टिमहरू स्वयंले गर्नेछन्।

प्रतियाेगिताकाे बिजेतालार्इ १५ लाख तथा उपबिजेताले ७ लाख पुरस्कार भएकाले पनि अक्सनमा सहभागी टिमहरूले राम्राभन्दा राम्रा खेलाडी अाफ्नो टिममा सहभागी गराउन निकै कसरत गरेका थिए। पहिलाेपटक राष्ट्रियस्तरकाे प्रतियाेगिताकाे च्याम्पियन बन्ने लक्ष्य सबै टिमले बुन्दै उत्कृष्ट खेलाडीहरू अाफ्नाे टिममा सहभागी गराएका छन्। कुन टिम कस्ताे बन्याे त, हामी त्यसकाे अपरेसन गर्दैछाै।

१) टिम चाैराहा, धनगढी

कप्तान : पारस खड्का

मालिक : राजकुमार श्रेष्ठ

राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्काकाे नेतृत्वमा छ, टिम चाैराहा धनगढी। क्रिकेटकाे सहरका रूपमा पनि परिचय बनाएकाे धनगढीकाे नेतृत्व पारसले गर्ने भएपछि अाम धनगढीबासीमा खुसी छाएकाे छ। शनिबार सम्पन्न अक्सनमा कप्तान पारस खड्का तथा टिम मालिकहरू अाफैं अक्सनमा बसेका थिए। खेलाडी छनाैटमा उनीहरू गम्भीर देखिन्थे।

उनीहरूले कुन खेलाडीलार्इ टिममा समावेश गर्ने भनि पहिले नै ‘माइण्ड सेट’ बनाएर अाएका थिए। जुन कुरा अक्सनमा देखियाे, अाफूले चाहेका खेलाडीमा उनीहरू जति बाेली लगाउन पनि पछि परेनन् भने नचाहेका खेलाडीमा भने उनीहरू चुप बसे।

टिम धनगढीले खेलाडीहरूकाे खरिदमा ८ लाख ३० हजार रूपैयाँ खर्चेकाे छ। कप्तानलार्इ यसअघि नै १ लाख ५० हजार रूपैया ताेकिएकाे थियाे। त्यसबाहेक उनीहरूले पृथु बाँस्काेटालार्इ ९० हजार, मेहम्मद अारिफ सेखलार्इ ८० हजार, अनिल मण्डललार्इ ७५ हजार राजु रिजाल र प्रेम तामाङलार्इ ७०/७० हजार तथा सुशान भारीलार्इ ५० हजारकाे बढाबढ गर्दै अाफ्नाे टाेलीमा भित्र्याएका छन्। यी खेलाडीहरूलार्इ टिमका मुख्य खेलाडीहरू मानिएकाे छ।

टिम धनगढीकाे व्याटिङ अर्डरकाे जिम्मेवारी कप्तान पारस खड्का, अनिल मण्डल, राजु रिजाल, प्रेम तामाङ, पृथु बाँस्काेटा, मेहम्मद अासिफ सेख तथा दीपेन्द्र थापाजस्ता खेलाडीहरूकाे काँधमा छ भने स्पीनकाे जिम्मेवारी सुशान भारी, ललित राजवंशी, प्रकाशजंग कार्की तथा प्रेम तामाङले निभाउनेछन्। त्यस्तै, पेश बलिङमा कप्तान पारस खड्का, अमरसिंह राैटेला, साैरभ खनाल, रामनरेश गिरी लगायत रहनेछन्। समग्रमा टाेली टी-२० फर्म्याटकाे डिपीएलकाे लागि ब्यालेन्स देखिन्छ।

२) सिवार्इसी अत्तरिया

कप्तान : ज्ञानेन्द्र मल्ल

मालिक : श्रृजनशिल युवा क्लब

अत्तरिया, कैलाली जिल्लाकाे एक सहर हाे र सिर्जनशील युवा क्लब साे सहरकाे विकासकाे काेसेढुंगाका रूपमा देखिँदै अाएकाे छ। सहरमा हुने महाेत्सवहरू, सामाजिक कार्यहरू, सरसफार्इ, सहयाेग, फुटबल, क्रिकेट टिमलगायत सम्पूर्ण क्षेत्रमा युवा क्लबले काम गर्दै अाइरहेकाे छ। क्लबमा अत्तरियाबासीकाे अगाध माया र विश्वास छ। अत्तरियाकाे फ्यान फाेलाेइनिङ गज्जबकाे छ। जुन टाेलीकाे प्लस प्वाइन्ट हाे।

अत्तरियाले खेलाडीहरू खरिदमा ७ लाख ९० हजार रूपैयाँ खर्च गरेकाे छ। कप्तान ज्ञानेन्द्र मल्ललार्इ १ लाख ५० हजार रूपैयाँबाहेक अत्तरियाले मेहबुब अालम र करण केसीलार्इ सर्वाधिक १/१ लाखमा टिममा भित्र्याएकाे छ भने प्रदीप एेरीलार्इ ९० हजार तथा सन्दीप सुनारलार्इ ८० हजार रूपैयाँ खर्च गरेकाे छ।

अत्तरियाले युवा खेलाडीहरूलार्इ अाफ्नाे टिममा प्राथमिकता दिएकाे छ। अाफ्नाे ब्याटिङ अर्डरमा ज्ञानेन्द मल्ल, प्रदीप एेरी, राेशन नेपाली, दिलीप नाथ, सन्दीप सुनार, मेहबुब अालम, याेगेन्द्रसिंह कार्कीजस्ता खेलाडीहरूलार्इ समेटेकाे अत्तरियाले पेश बलिङमा अबिनाश बाेहरा, करण केसी, सुरेन्द्र चन्दजस्ता खेलाडीहरूलार्इ समावेश गरेकाे छ। करण केसी र महबुब अालम विस्फाेटक अलराउण्डर भूमिकामा देखिने भएकाले अत्तरियाले उनीहरूमा सर्वाधिक एक लाख रूपैयाँ खर्च गरेकाे हाे।

३) काठमाडाैं गाेल्डेन्स

कप्तान : बसन्त रेग्मी

मालिक : गाेल्डनगेट इन्टरनेशनल कलेज

गाेल्डनगेट कलेज र क्रिकेटसँगकाे नाता पुरानै हाे। राष्ट्रिय टिमका खेलाडी सम्मिलित उनीहरूकाे अाफ्नै टिम समेत रहेकाे छ। कलेजका सिइअाे रमेश सिलवाल सरकारले गठन गरेकाे क्यान तदर्थ समितिका अध्यक्ष पनि हुन्। उनकै सक्रियतामा काठमाडाैं गाेल्डेन्स डिपिएलकाे एक हिस्सा बनेकाे हाे। खेलाडी छनाैट प्रक्रियामा उनी अाफैं कप्तान बसन्त रेग्मीसँगै निकै उत्साहित देखिन्थे।

काठमाडाैंले खेलाडी खरिदमा ७ लाख ९५ हजार रूपैयाँ खर्च गरेकाे छ। काठमाडाैंले सर्वाधिक रकम खर्च गरका खेलाडी हुन्, साेमपाल कामी। अलराउण्ड प्रदर्शन गर्न सक्ने भए पनि साेमपाल नेपालका एक नम्बर पेश बलर हुन्। गाेल्डेनले साेमपाललार्इ एक लाख रकम दिन पनि हिचकिचाएन। त्यस्तै, नरेश बुढाएेरलार्इ काठमाडाैंले ९५ हजार, भुवन कार्कीलार्इ ८० हजार, सन्ताेष भट्ट र राेहित कुमार पाैडेललार्इ ५०/५० हजारमा अाफ्नाे टिममा भित्र्याएकाे छ।

नेपाली क्रिकेटका ‘क्राइसिस म्यान’ भनेर चिनिने शक्ति गाैचनकाे नेतृत्वमा रहने काठमाडाैं टिम ‘ब्यालेन्स टिम’ देखिन्छ। ब्याटिङ अर्डरमा नरेश बुढाएेर, मञ्जित श्रेष्ठ, सुवेन्द्र पाण्डे, दिनेश अाग्री, जितेन्द्रसिंह ठकुरी, राेहितकुमार पाैडेल, सन्दीप जाेराजस्ता हाेनहार प्रतिभा रहेकाे टिम साेमपाल कामी, नन्दन यादव, सन्ताेष भट्ट लगायतले पेश बलिङ सम्हाल्ने छन्। कप्तान वसन्त रेग्मी र भुवन कार्कीसँग स्पीन अट्याककाे लामाे अनुभव छ।

४) कञ्चनपुर अाइकाेनिक

कप्तान : बिनाेद भण्डारी

मालिक : पिताम्बर जाेशी

पश्चिम नेपालमा अवस्थित छ, कञ्चनपुर र कञ्चनपुरका स्थानीय हुन्, विनाेद भण्डारी। एक अर्थमा विनाेद भण्डारी अनि उनकाे टिम अाफ्नाे हाेम ग्राउडमै खेल्नेछ। सुदूरपश्चिमममा विनाेद भण्डारीकाे क्रेज अत्यधिक छ। साताैं खेलकुदमा एकै अाेभरमा ५ छक्का प्रहार गरेर अाफ्नाे फर्म देखाएका विनाेदकाे हाेम ग्राउण्डहरूमा राम्राे प्रदर्शन रहँदै अाएकाे छ।

विस्फाेटक व्याट्सम्यान विनाेद भण्डारी र कञ्चनपुरले अक्सनमा खेलाडी खरिदमा सबैभन्दा बढी रकम खर्च गरेका छन्। उनीहरूले खर्च गरेकाे ८ लाख ५० हजार रूपैयाँकाे अधिकतम् रकम अन्य कुनै पनि टीमले खर्च गर्न सकेन। कञ्चनपुरले सागर पुनलार्इ अाफ्नाे टिममा पार्न १ लाख सर्वाधिक रकम खर्चियाे भने अभिनाश कर्ण, सुनिल धमला र सिद्धान्त लाेहनीलार्इ ८०/८० हजारमा अाफ्नाे टिममा अनुबन्ध गर्याे। त्यस्तै, ललितसिंह भण्डारी र चन्द्र सावँदलार्इ पनि ५०/५० हजारमा कञ्चनपुरले अाफ्नाे टिमकाे सदस्य बनायाे।

कञ्चनपुरकाे ब्याटिङ अर्डरमा विनाेद भण्डारी, साेनु तामाङ, सिद्धान्त लाेहनी, सुनिल धमला, हसिम अन्सारी, सागर पुन, भिम सार्कीजस्ता ब्याट्सम्यान छन् भने बलिङकाे जिम्मा चन्द्र सावँद, ललितसिंह भण्डारी, अविनाश कर्ण कमल सिंह एेरी तथा कुशल भूर्तेल लगायतकाे जिम्मामा छ। सागर पुन अनि सुनिल धमलाले स्पीनकाे जिम्मा सम्हाल्नेछन्।

५) रूपेन्देही च्यालेन्जर्स

कप्तान : शक्ति गाेचन

मालिक : एसअार ग्रुप

रूपेन्देही सँगसँगै अर्काे जाडिएर अाउने टिम हाे, शक्ति गाैचन। शक्ति गाैचनले रूपेन्देहीकाे क्रिकेट विकासमा खेलेकाे भूमिका अतुलनीय छ। तिनै शक्ति गाैचनलार्इ रूपेन्देहीले कप्तानकाे रूपमा पाउँदा रूपेन्देहीबासीहरू दंग छन्। क्रिकेटप्रति सधैं निकै ‘प्यासाेनेट’ देखिने शक्ति गाैचन र टिम सञ्चालकहरूले अक्सनबाट स्थानीय खेलाडीलार्इ बढी प्राथमिकता दिने गरी टिम छनाैट गरेका छन्।

रूपेन्देही च्यालेन्जर्सले अाफ्नाे टिम खरिदमा ७ लाख २० हजार रूपैयाँ खर्चिएकाे छ। सुवास खकुरेल, राजेश पुलामीमगर, विक्रम साेब टिमका तीन हस्ती हुन्, जसलार्इ टिमले सर्वाधिक ८०/८० हजारमा अनुबन्ध गर्याे। त्यसबाहेक प्रकाश केसीलार्इ ५० हजारमा अनुबन्ध गरेकाे टिमले शंकर रानालार्इ ४५ हजारमै पायाे।

रूपेन्देहीकाे ब्याटिङ अर्डर बलियाे देखिन्छ भने बलिङमा शक्ति गाैचन एक्लैले खेलकाे अनुहार बदलिदिन सक्छन्। सुवास खकुरेल, राजेश पुलामीमगर, शंकर राना, पुष्प थापा, अन्तिम थापाजस्ता ब्याट्सम्यान खरिद गरेकाे उसकाे पेश बलिङकाे कमान भने विक्रम शाेबकाे हातमा हुनेछ।

६) विराटनगर किंग्स

कप्तान : शरद भेषवाकर

मालिक : महालक्ष्मी केबल

अक्सन अगाडि शरद भेषवाकरले अाफ्नाे टिममा कस्ता खेलाडी छनाैट गर्लान् र टिम मालिकहरूले उक्त खेलाडीहरूमा कतिसम्म रकम खर्च गर्न तयार हाेलान् भन्ने चासाे सर्वत्र थियाे। यसअघिका घरेलु प्रतियाेगिताहरू एनपीएल, इपिएलमा अाफ्नाे टिमलार्इ च्याम्पियन बनाएका शरद भेषवाकरका लागि डिपिएल च्याम्पियन हुन पनि राम्राे ब्यालेन्स टिमकाे अावश्यकता थियाे। त्यसमा उनी केही हदसम्म सफल देखिएका छन्। अक्सनकाे खेलाडी खरिदमा सबैभन्दा कम पैसा खर्च गरेर पनि विराटनगर क्रिंग्सले ब्यालेन्स टिम बनाएकाे क्रिकेट समीक्षकहरू बताउँछन्।

खेलाडी खरिदमा विराटनगरले सात लाख रूपैयाँ मात्र खर्चेकाे छ। जसमा सर्वाधिक रकम पाउने दीपेन्द्र सिंह एेरी मात्र हुन्। उनलार्इ ८० हजार रूपैयाँमा विराटनगरले अाफ्नाे टिममा भित्र्यायाे अर्का ठूला नाम सन्दीप लामिछानेलार्इ ६० हजारमा अनुबन्ध गरेकाे विराटनगरले जितेन्द्र मुखिया, माेहम्मद अाशिफ सेख र प्रनित थापामगरलार्इ समान ५०/५० हजारमा अाफ्नाे टिमकाे सदस्य बनायाे।

विराटनगरकाे ब्याटिङ अर्डरका ठूला नाममा शरद भेषवाकर, दीपेन्द्र सिंह एेरी, अमित श्रेष्ठ, अाशिफ सेखलगायत रहेका छन् भने बलिङकाे जिम्मा जितेन्द्र मुखिया, सन्दीप लामिछाने, सुशील कँडेल तथा अलराउण्डर दीपेन्द्र सिंह एेरीलगायतले सम्हाल्ने छन्। ब्याटिङ बलिङ दुबै साइडबाट हेर्दा विराटनगर किंग्स अन्यभन्दा केही ब्यालेन्स्ड टिम देखिन्छ।

Comments:

comments

About the author

News Staff