International

युवराज सिंहको छ बर्षपछि सतक

इग्ल्याण्ड विरुद्धको दोस्रो एकदिवसिय खेलमा युवराज सिंहले छ बर्षपछि सतक प्रहार गरेका छन ।

कटकमा भएको खेलमा तीन बर्षपछि ट्वान्टी ट्वान्टी र एक दिवसिय टिममा फर्केका युवराजले उत्कृष्ट सतक प्रहार गरे । अन्तिम पटक सन् २०११ मा एकदिवसिय खेलमा सतक प्रहार गरेका युवराजले आफनो फर्मलाई पुर्ण रुपमा प्रमाणित गरे ।

२५ रनमा ३ विकेट झरेको बेला क्रिजमा आएका युवराजले सुरुवातमा सुस्त खेलेपनि अर्धसतक प्रहार गरेपछि आक्रामक बनेका थिए । उनले ९८ बलमा १५ चौका र एक छक्काको मद्दतले सतक प्रहार गर्न सफल भए । करियरमा १४ औ र इग्ल्याण्ड विरुद्ध उनको चौथो सतक हो ।

Most Popular

To Top