International

दोस्रो एक दिवसिय खेलमा भारत विजयी, श्रृखला दुई शुन्यले आफनो पक्षमा

इग्ल्याण्ड विरुद्धको दोस्रो एक दिवसिय खेलमा भारत १५ रनले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखला दुई शुन्यले आफनो पक्षमा पारेको छ ।

कटकमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा छ विकेट गुमाउदै तीन सय ८१ रन बनायो । भारतका लागि युवराज सिंह र पुर्व कप्तान महेन्द्रसिंह धोनीले किर्तीमानी दुई सय ५६ रनको साझेदारी गर्दा भारतले बलियो स्कोर तयार पार्यो ।

२५ रन हुदा तीन विकेट गुमाइसकेको भारतका लागि युवराज सिंहले एक सय ५० र महेन्द्रसिंह धोनीले एक सय ३४ रन बनाए । छ बर्षपछि एक दिवसिय खेलमा सतक प्रहार गरेका युवराजले एक सय २७ बलमा २१ चौका र तीन छक्का प्रहार गरे । यस्तै धोनीले १२ चौका र छ छक्का प्रहार गरे ।

जवाफमा इग्ल्याण्ड ५० ओभरमा आठ विकेट गुमाउदा तीन सय ६६ रनमा रोकियो । उसका लागि कप्तान इयन मोर्गनले एक सय दुई तथा जेसोन रोयले ८२ र जोय रुटले ५४ रनको योगदान गरे । यस्तै मोयन अलीले ५छ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । भारतका लागि रविचन्द्रन आश्विनले तीन विकेट लिए ।

Most Popular

To Top