International News

अन्तिम ओभरमा ८ रन बनाउन नसक्दा इङल्याण्ड पराजित

इङल्याण्ड विरुद्धको दोस्रो ट्वान्टी ट्वान्टी खेलमा भारत पाच रनले विजयी भएको छ । जीतसंगै भारतले तीन खेलको श्रृखलामा एक एकको बराबरी गरेको छ ।

नागपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४४ रन बनायो । भारतका लागि लोकेश राहुलले ७१ तथा मनिश पाण्डेले ३० र कप्तान विराट कोहलीले २१ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ इङल्याण्डका क्रिस जोर्डनले तीन विकेट लिए ।

जवाफमा इङल्याण्ड २० ओभरमा छ विकेट गुमाउदा एक सय ३९ रनमा रोकियो । एक समय जितको नजिक पुगिसकेको इङल्याण्डले अन्तिम ओभरमा आठ रन चाहिएकोमा बुर्माहले दुई विकेट लिदै मात्र दुई रन दिएपछि भारतले जित निकाल्यो । इङल्याण्डका लागि जोय रुट र बेन स्टोकले समान ३८–३८ रन बनाएभने कप्तान इयान मोर्गनले १७ र जोस बटलरले १५ रन बनाउदा टिमलाई जित दिलाउन सकेनन । भारतका लागि आशिष नेहराले तीन तथा बुर्माहले दुई विकेट लिए ।

Most Popular

To Top