खुकुरी च्यालेञ्जको उपाधिका लागि टिप टप र सुरक्षा क्रिकेट क्लव भिडने

राजधानीमा जारी खुकुरी च्यालेञ्ज कप क्रिकेटको उपाधिका लागि टिप टप र सुरक्षा क्रिकेट क्लव भिडने भएका छन ।

आज भएको सेमिफाइनलमा सुरक्षा क्लवले रोयर पिसी फाइटरलाई १९ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको सुरक्षाले १८ ओभरमा तीन विकेट गुमाउदै १६१ रन बनायो । उसका लागि सुनिल धमलाले ८ढ तथा आरिफ शेखले २४ रन बनाए । जवाफमा रोयल पिसी १८ ओभरमा सात विकेट गुमाउदा एक सय ४२ रनमा रोकियो । रोयलका लागि सन्दिप जोराले ५० तथा युज्ञमान कुमालले २७ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए । रोयललाई कम स्कोरमा रोक्न प्रेम तामाङले तीन तथा अमित श्रेष्ठले दुई विकेट लिए ।

अर्को खेलमा टिपटपले बालुवाटार क्रिकेट क्लवलाई सात विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले १९ ओभर दुई बलमा एक सय १५ रन बनायो । उसका लागि रोहित पौडेलले २५ तथा राजु थापाले १९ रन बनाए । यस्तै राजेन्द्र जिसीले १३ रन बनाउदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । जवाफमा टिपटपले १२ ओभर पाच बलमा मात्र तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि प्रकाश विष्टले ३२ तथा सोनु तामाङले २४ रन बनाए । यस्तै आशु कन्दोईले ३० रन जोडे । फाइनल खेल २४ गतेस हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News