Nepal Mens

नेपाली क्रिकेट खेलाडी तयारीमा ब्यस्त, वाटमोरले प्रशिक्षण सुरु गरे

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत बांकी ६ खेल नेपाली क्रिकेटका लागि निकै महत्वपुर्ण छन । लिग अन्तर्गत नेपालले ढेड महिनामा घरेलु मैदानमा केन्यासंग खेल्दैछ । त्यसैका लागि नेपाली टिम यतिबेला तयारीमा जुटेका छन । खेलाडीको तयारीलाई अझ मजबुत बनाउन बिश्व स्तरिय प्रशिक्षक डेभ वाटमोरले साथ दिएका छन ।

ब्याट एण्ड बल कार्यक्रमको उदघाटनका लागि नेपाल आएको वाटमोरले हाइ पर्फमेन्स कार्यक्रम अन्तर्गत खेलाडीलाइ प्रशिक्षण दिन सुरु गरेका छन । श्रीलङकालाइ एक दिवशीय बिश्वकप जिताएको अनुभवलाई वाटमोरले फेब्रुअरी पांच सम्म नेपाली खेलाडी संग बाड्नेछन । दश दिने प्रशिक्षणमा बिषेश गरी खेलाडीलाइ मानसिक रुपमा बलियो बनाउने प्रयास वाटमोरको हुनेछ । यस्तै उनले ब्याटिङ र अन्य प्राविधिक विषयमा पनि ध्यान दिने छन ।

वाटमोरले खेलाडीलाई मुख्य प्रशिक्षक जगत टमाटाले दिएको प्रोगाम अनुसार प्रशिक्षण दिइरहेका छन । वाटमोरले नेपाली खेलाडीमा राम्रो क्षमता भएको र उनिहरुले सो क्षमतालाई विश्व स्तरमा देखाइसकेको धारणा राखे । साथै उनले खेलाडीलाई मानसिक रुपमा बलियो बनाउन आवश्यक रहेकाले आफुले त्यसमा बढी ध्यान दिने बताए । वाटमोरको क्याम्पमा ३२ जना खेलाडी रहेका छन ।

५२ जनाको सुपर लिग बाट ३२ जना खेलाडी छनौट गरिएको हो । दश दिनको प्रशिक्षण पछि २४ र त्यसपछि च्याम्पियसिप खेल्ने टोलीको घोषणा गरिनेछ । नेपाल केन्या संगको खेल कम्तीमा पनि एक साता भारत गएर अभ्यास गर्ने योजनामा छ । त्यसका लागि आइसीसीसंग पहल गरिरहेको र सम्भवत मुम्बइ वा दिल्ली मध्ये एक स्थानमा हुने प्रशिक्षक जगत टमाटाले बताए ।

साथै उनले वाटमोरले प्रशिक्षण दिनु टिमका लागि महत्वपुर्ण रहेको र खेलाडीले केहि राम्रो टेक्निक सिक्नसक्ने बताए । केन्या विरुद्धको खेलका लागि टिममा केहि नया अनुहार आउनसक्ने प्रवल सम्भावना रहेको छ । युवा खेलाडीले पनि टिममा स्थान बनाउन मेहेनत गरेको र उनिहरुको प्रदर्शन राम्रो रहेको प्रशिक्षकको बुझाइ छ । शीर्ष चारमा रहदै बिश्वकप छनँैट खेलको यात्रा कायमै राख्न नेपाल सामु केन्यालाइ हराउनुको विकल्प छैन् ।

केन्या र नेपालको खेल फागुन २८ र ३० गते किर्तीपुर मैदानमा हुनेछ । नेपाल ६ अंकका साथ छैटौ स्थानमा छ भने ८ अंक जोडेको केन्या छैटौ स्थानमा छ । च्याम्पियनसिपमा कुल आठ टिम छन । शीर्ष चारले सन २०१८ मा बंगलादेशमा हुने बिश्वकप छनौट खेल्ने अवसर पाउनेछन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top