International

एकदिवसिय खेलमा ह्वाइटवास गरेको न्यूजिल्याण्ड टी ट्वान्टी पनि विजयी

बंगलादेश विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेट खेलमा न्यूजिल्याण्ड छ विकेटले विजयी भएको छ । जीतसंगै न्यूजिल्याण्डले जीतसंगै तीन खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

न्यूजिल्याण्डको नापियरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४१ रन बनाएको थियो । उसका लागि महमुदुल्लाहले ५२ तथा मोसादेक हुसेनले २० रन बनाए ।

यस्तै सबिर रहमानले १६ र सकिव अल हसनले १४ रनको योगदान गरे । पाच रन हुदा पहिलो विकेट गुमाएको बंगलादेशले ६७ रन हुदा महत्वपुर्ण पाच विकेट खेर फालेको थियो । बलिङ तर्फ न्युजिल्याण्डका लागि लोकी फर्गुसनले तीन तथा बेन ह्विलरले दुई विकेट लिए ।

जवाफमा तीन वटा एकदिवसिय खेल ह्वाइटवास गरेको न्युजिल्याण्डले दुई ओभर बाकि हुदा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि कप्तान केन विलियम्सनले ७३ तथा कोलीन डी ग्रान्डहोमीले ४१ रन बनाए ।

Most Popular

To Top