International News

पाकिस्तानी कप्तानलाई आइसीसीको प्रतिबन्ध

पाकिस्तानी एकदिवसिय क्रिकेट टिमका कप्तान अजल अलीलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले एक खेलको प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलिया विरुद्धको पाचौ तथा अन्तिम एक दिवसिय खेलमा स्लो ओभर रेटमा बलिङ गरेको भन्दै आइसीसीले अलीलाई खेलको ४० प्रतिशत म्याच फि जरिवाना र एक खेलको प्रतिबन्ध लगाएको हो । तीन टेष्ट ह्वाइटवास र पाच एक दिवसिय श्रृखला चार एकले गुमाउदै चोट बोकेको पाकिस्तानको घाउमा आइसीसीले जरिवाना लगाएर नुन छर्किएको छ ।

अष्ट्रेलियन ओपन डेविड वार्नर र ट्रेभिस हेडले किर्तीमानी साझेदारी गरेको खेलमा पाकिस्तानका अरु खेलाडीलाई २० प्रतिशत म्याच फि जरिवाना लगाएको छ । आइसीसीका म्याच रेफ्रि जेफ क्रोइले अजरलाई जरिवाना लगाउनुपर्ने पेपर पेश गरेका थिए । एक खेल प्रतिबन्धमा परेपछि अजरले अप्रिलमा वेष्ट इन्डिज विरुद्ध हुने एकदिवसिय श्रृखलाको पहिलो खेल गुमाउने भएका छन ।

बक्सिङ डे मा दोहोरो सतक प्रहार गर्दै किर्तीमान बनाएका अजरले भने कुनै प्रतिक्रिया दिएका छैनन । पुर्व कप्तान मिस्वा उल हकले पछिल्लो ६ बर्षमा पाकिस्तानको सबै भन्दा खराव प्रदर्शन भएको बताए । साथै उनले पाकिस्तानी सुपर लिग पछि आफनो सन्यासका बारेमा सोच्ने समेत बताए ।

Latest News

To Top