Nepal Mens समाचार

रुस्लान कप ट्वान्टी ट्वान्टी क्रिकेट मंगलबार देखि, १६ टिमको सहभागिता

काठमाडौ क्रिकेट ट्रनिङ सेन्टरको आयोजनामा आउदो मंगलबार देखि रुस्लान कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता हुनेछ ।

किर्तीपुर क्रिकेट मैदानमा हुने खेल माघ चार गतेसम्म चल्नेछ । प्रतियोगितामा विभागिए टिम आर्मी, सशस्त्र, पुलिसका सथै अन्य १३ टिमको सहभागिता रहेको छ । आठ दिन सम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक ज्ञानेन्द्र मल्लले जानकारी गराए । प्रतियोगितामा धादिङ, धनगढी, विरगञ्ज, भैरहवाबाट पनि टिमले सहभागिता जनाएका छन् ।

सहभागि टिममा हिमालयन क्रिकेट एकेडमी, एसपिए धनगढी, न्यु राइजिङ स्टार, भैरहवाको न्यू होराइजन, कुलेश्वर क्रिकेट क्लव, नेपाली राइनोज, हिमालयन ह्वाइटहाउस, नेपाल क्रिकेट स्कुल लगायतका छन । १६ टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता खेलाइनेछ । प्रतियोगिताको खेल तालिका २४ गते सार्वजनिक गरीनेछ भने विजेताले तीन लाख, उपविजेताले दुई लाख पाउनेछ ।

यस्तै क्वाटरफाइनल पुग्नेलाई पाच हजार र सेमिफाइनल पुग्ने टिमले २५ हजार रुपैया पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News