Nepal Mens

रुस्लान कप टी–ट्वान्टी क्रिकेटको पहिलो दिन आर्मी र पुलिस विजयी ।

काठमाडौमा मंगलबार देखि सुरु भएको रुस्लान कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव विजयी भएका छन ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले न्यू राइजिङ स्टारलाई नौ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू राइजिङ १८ ओभर तीन बलमा मात्र ८७ रनमा अलआउट भयो । उसका लागि सुसान्तसिंह थापा र रविन्द्र शाहीले समान १८ १८ रन बनाए । बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए । आर्मीका लागि जितेन्द्र मुखियाले चार विकेट लिए । जवाफमा आर्मीले ११ ओभर एक बलमा मात्र एक विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । आर्मीको जितमा सागर पुनले अविजीत ३९ तथा महेश क्षेत्रीले २४ रन बनाए भने नरेश बुढाऐरले १८ रनको योगदान गरे ।

यस्तै अर्को खेलमा नेपाल पुलिस क्लवले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा छ विकेट गुमाउदै एक सय ८३ रन बनाएको थियो । उसका लागि म्यान अफ द म्याच बनेका सुनिल धमलाले ५४ तथा दिलिप नाथले २६ रन बनाए । यस्तै कुशल भु्रतेलले अविजीत ३३ रन बनाए । जवाफमा हिमालय एकेडेमी १९ ओभर चार बलमा एक सय २ रनमा अलआउट भयो । उसका लागि भुपेन्द्र थापाले ७३ रन बनाएपनि बाकि खेलाडी एकोहोरो रुपमा आउट भए । हिमालयनलाई सस्तैमा आउट गर्न प्रेम तामाङ र आरिफ शेखले तीन तीन विकेट लिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top