Nepal Mens

नेपाली राइनोजसंग सशस्त्र स्तब्ध

उपाधिको दावेदार सशस्त्र प्रहरी बललाई हराउदै अमेरीकन क्लव नेपाली राइनोज राजधानीमा जारी रुस्लान कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा राइनोजले पारस खड्काको कप्तानीमा रहेको सशस्त्रलाइ पांच विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय २३ रन बनाएको थियो । राइनोजको कसिलो बलिङ सामु सशस्त्रले खुलेर ब्याटिङ गर्न सकेनन् । उसका लागि भुवन कार्कीले सर्वाधिक ३८ रन बनँए भने सुवास खकुरेल, आशिफ शेख र पारसले समान १८–१८ रन जोडे । राइनोजका कप्तान शरद भेषावकरले दुइ विकेट लिए ।

जवाफमा १ सय २४ रनको सामान्य लक्ष्य राइनोजले अन्तिम चार बल बांकी हुदा पांच विकेट गुमाउदै पुरा गरयो । राइनोजको जीतमा सोनु तामाङले अविजीत ३३, जितेन्द्र ठकुरीले ३२ र संजय श्रेष्ठले २६ रनको योगदान गरे । सशस्त्रका बसन्त रेग्मीले दुइ विकेट लिएका थिए ।

आजै भएको अर्को खेलमा हिमालयन ह्वाइट हाउस कलेजले पिसी फाइटर इलाभेनलाइ एक सय सात रनको फराकिलो अन्तरले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरयो । टस हारेर ब्याटिङ गरेको ह्वाइट हाउसले पुरै ओभर खेल्दै नौ विकेटको नोक्साीमा फाइटर सामु एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि सुबेन्दु पाण्डेले ३८ रन बनाएका थिए । जवाफमा फाइटर १६ ओभरमा अल आउट हुदै मात्र ६० रनमा समेटियो । फाइटरको इनिङ ध्वस्त पार्ने क्रममा ह्वाइट हाउसका मेहवुब अलमले तीन र हासिम आम्लाले दुइ विकेट लिएका थिए

Most Popular

To Top